ट्रान्सफर्मर जडान हुँदै, विद्युत् कटौति नुहने आशमा स्थानीय

रौतहट । जिल्लाको मौलापुर नगरपालिकामा रहेको नेपाल विद्युत् प्राधिकरण मौलापुर वितरण केन्द्रमा अहिले १६ एमभिएको ट्रान्सफर्मर जडान भइरहेको छ । पछिल्लो केही दिनदेखि मौलापुर वितरण केन्द्र आसपासका क्षेत्रमा अनियमित रूपमा विद्युत् कटौती हुन थालेपछि स्थानीयहरू आक्रोशित बनेका थिए । केहीदिनयता बढेको अत्यधिक गर्मी र अनियमित विद्युत् कटौतीका कारण स्थानीय आजित बनेका छन् ।

तर अब सो समस्या चाँडै समाधान हुने भएको छ । यसअघि वितरण केन्द्रमा रहेको आठ एमभिएको ट्रान्सफर्मर बदलेर १६ एमभिएको ट्रान्सफर्मर जडान हुने लागेको हो । जसको काम द्रुत गतिमा अगाडि बढिरहेको मौलापुर वितरण केन्द्रका प्रमुख दिनेश राय यादवले जानकारी गराए । उक्त ट्रन्सफर्मर जडान भएपछि फल्टबाहेक बत्ती नजाने बताए । झ्याप झ्याप बत्ती जाने समस्या समाधान हुने उनले जानकारीसमेत गराए ।

उक्त ट्रन्सफर्मर जडानको अधिकांश काम सम्पन्न भइसकेको त्यसमा सहभागी इन्जिनियरहरूले बताएका छन् । अबको पाँचाँै दिन उक्त नयाँ ट्रन्सफर्मर सुचारु हुने उनीहरूको भनाइ छ । आठ एमभिएको ट्रन्सफर्मर हुँदा ओभरलोड भई लाइन ट्रिप हुने समस्या थियो । अब उपरान्त उक्त समस्या हटने भएको छ ।

वितरण केन्द्रमा बारम्बार उक्त समस्या उत्पन्न भएपछि नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयले १६ एमभिएको नयाँ ट्रान्सफर्मर उपलब्ध गराएको प्रमुख यादवले बताएका छन् । राम्रो ढंगले समस्या समाधान हुने उनको भनाइ छ । अब उपरान्त वितरण केन्द्र अन्तर्गतका २५ हजार ८५ उपभोक्ता राहत पाउने भएका छन् ।

मौलापुर वितरण केन्द्रअन्तर्गत हुकिङ धेरै छ । विद्युत् चुहावट अत्यधिक मात्रामा छ । जबकी यस केन्द्र अन्तर्गतका पालिकाहरूले कृषि मिटर निःशुल्क गरेका छन् । भने विद्युत् महसुलमा पनि सहुलियत दिँदै आएको छ । तैपनि विद्युत् चुहावट रोकिन सकेको छैन । साथै विद्युत महसुल पनि असुली हुन सकेको छैन । महसुल संकलन नहुँदा शाखा चलाउन मुस्किल भइरहेको कार्यालय प्रमुख यादवले बताए ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया