युवा व्यवसायी बमले गरे जन्मदिनको अवसरमा खाद्यान्न वितरण

सुर्खेत । सफल युवा व्यवसायिीपवन बमले आफ्नो जन्मदिनको अवसर पारेर खाद्यान्नका सामग्रिहरु वितरण गरेका छन् । कालिकोटमा अपांग तथा टुहुरा बालबालिकाको सहारा बनेको न्यानो काख सेवा समाजलाई चामल लगायत अन्य खाद्यान्नका सामग्री वितरण गरेका हुन् ।

जन्मदिनको अवसरमा फजुल खर्च गर्नुभन्दा गरिब दिन दुखिलाइ सहयोग गर्दा आफू खुसी हुने भएकाले बमले राहतस्वरुप खाद्यान्न तथा फलफूल वितरण गरेको बताए । बिगत लामो समयदेखि कालिकोटमा व्यवसाय गर्दै आएका बमले कालिकोटमा मात्र नभई सुर्खेतमा रहेको मानव सेवा आश्रमलाई पनि फलफूल तथा खाद्यान्नका सामान वितरण गरेका छन् ।

बमले जन्मदिनको अवसरमा अतिविपन्न तथा गरिब परिवारका सदस्यहरु रहेको संस्थालाई सहयोग गर्न पाउँदा जन्मदिनमा ठूलो खुसी मिलेको बताए । हामी जन्मदिन होस वा अन्य खुसीका कार्यक्रमहरूमा फर्जुल खर्च गर्ने चलन बढेको छ ।

यस्ता खाले खर्चलाई सानो भए पनि समानतामुखी समाज निर्माण गर्न यस्तो कामको सुरूवात गरेको बमले बताए । पवन विगतका दिनदेखि नै समाजसेवामा सक्रिय देखिँदै आएका छन् । उक्त जन्मदिनको अवसर पारेर नेपाल तरुण दल कालिकोटका अध्यक्ष दमनराज शाहीले २ हजार नगद मानव सेवा आश्रमलाई सहयोग गरेका छन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया