गौर हत्याकाण्डका दोषीलाई कारवाहीको माग गर्दै मोटरसाइकल र्याली

रौतहट । गौर हत्याकण्डका दोषीलाई कारवाहीको मागसहित मोटरसाइकल र्याली निकालिएको छ । विभत्स गौर हत्याकाण्डका पीडितहरुलाई न्याय दिलाउन अनिश्चितकालीन धर्नामा बसेका शहीद परिवारको समर्थनमा रौतहटमा आइतबार विशाल मोटरसाइकल र्याली निकालिएको हो ।

गौर हत्याकाण्डका पीडित संघर्ष समितिको आयोजना र आम जनता पार्टीको सहयोगमा बृहत् मोटरसाइकल र्याली निकालिएको हो । जिल्ला सदरमूकाम गौरबाट सुरु भएको र्यालीमा गाउँगाउँबाट हजÞारौँको संख्यामा मानीसहरु सहभागी रहेको गौर हत्याकाण्डका पीडित संघर्ष समितिका संयोजक रुपसागर उपाध्यायले जानकारी दिए ।

गौरबाट सुरु भएको र्याली चन्द्रपुरमा पुगेर कोण सभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै आजपाका केन्द्रीय उपाध्यक्ष बद्री न्यौपाने लगायतका वक्ताहरु गौर हत्याकाण्डका पीडितले न्याय पाउनुपर्ने र पिडकलाइ कानूनको दायरामा ल्याउन एक स्वरमा माग गरेको आजपाको भातृसंगठन आइटी आर्मीका महासचिव सुमन यादवले बताइन् ।

हत्याकाण्डमा मुछिएका दोषिहरुलाई कारवाही गराउनका निमित्त (आज) सोमबारदेखि आजपाले अनिश्चितकालिन रौतहट बन्दको घोषणा पनि गरेको उनले बताइन् । यता आजपाका राष्ट्रिय अध्यक्ष एवं रौतहट निर्वाचन क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले ऐतिहासिक र्यालीमा हजारौँकाे संख्यामा सहभागी हुने न्यायप्रेमी छविलाई माथि उठाउन सक्रिय साथ, सहयोग र सहभागिता जनाउने सबैप्रति हार्दिक आभारसहित विशेष धन्यवाद व्यक्त गरेका थिए ।

गौर हत्याकाण्डका पीडित संघर्ष समितिले साउन १ गते प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई ज्ञापनपत्र बुझाउँदै गौर हत्याकाण्डमा तत्कालिन समयमा परेको किटानी जाहेरीको आधारमा पिडकहरुविरुद्ध कारवाही सुरु नगरिएमा चरणबद्ध रुपमा आन्दोलनमा जाने जानकारी स्थानीय प्रशासनलाई गराएको थियो ।

गौर हत्याकाण्डको छानविन माग गर्दै पीडित परिवारले शनिबारदेखि धर्ना सुरु गरेका छन् । गौर हत्याकाण्ड पीडित संघर्ष समितिको आयोजनामा जिल्लाको चन्द्रनिगाहपुरमा आज दोस्रो दिन आइतबार भएको थियो । उनीहरुले अनिश्चतकालीन धर्ना दिएका हुन् ।

रौहतटमा जसपासहितका सत्ताधारी दल र आजपा पार्टी यतिखेर आमनेसामने भएका छन् । आजपाले साउन १५ गतेदेखि रौतहट बन्दको घोषणा गरेको छ भने सर्वदलिय संघर्ष समितिले कुनै पनि हालतमा रौतहट बन्द हुन नदिने चेतावनी पनि दिइरहेका छन् ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया