मानव बेचबिखनविरुद्ध जनचेतनामूलक प्रभातफेरी कार्यक्रम

दैलेख । दैलेखमा मानव बेचबिखन विरुद्धको अन्तरराष्ट्रिय दिवसको अवसरमा जनचेतनामूलक प्रभातफेरी कार्यक्रम गरिएको छ । सबै पीडित तथा प्रभावितहरुसम्म पुगौँ भन्ने आसयको ‘Reach evey victim of trafficking leave no one behind’ नारासहित २०२३ को मानव बेचबिखन वरुद्धको अन्तरराष्ट्रिय दिवस प्रभातफेरी कार्यक्रम सोसेक नेपाल र जिल्ला प्रहरी कार्यालय दैलेखको समन्वयमा गरिएको हो ।

दैलेख सदरमुकामको गणेशचोकबाट सुरु भएको प्रभातफेरी नयाँ बजार, देवकोटाचोक हुँदै पुरानो बजार, नारायण मन्दिरपछि देवकोटाचोकमा पुगेर कोणसभा गरी समापन गरिएको थियो । सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले शहरी सुविधासँगै मानव बेचबिखन दैलेखमा पनि समस्या बन्दै गएको बताउँदै सावधानी जरुरी रहेको बताए ।

माहिला, किशोरी, बालबालिकाहरुलाई समेत श्रम शोषण, यौन दुव्र्यवहार र बलात्कार जस्ता कार्यमा जवर्जस्ती संलग्न गराउनुलाई कानूनले मानव बेचबिखन अपराधको परिभाषामा राखेको छ । महिला वा बालिकालाई वेश्यावृत्तिमा लगाउने, यौनदासी बनाउने वा मनोरञ्जन उद्योगमा लगाउन रोकथामको सन्देश सहित यो दिवस मनाउने गरिन्छ ।

सन् २००२ मा काठमाडौंमा सम्पन्न सार्कको एघारौँ शिखर सम्मेलनबाट पारित ‘महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि’ लाई २०६३ भदौ २० गते तत्कालीन व्यवस्थापिका संसदबाट अनुमोदन भएको स्मरणमा भदौ २० गतेलाई नेपालले मानव बेचबिखन बिरुद्धको राष्ट्रिय दिवस मनाउने गरेको छ ।

श्रम शोषण, यौन दुव्र्यवहार, बलात्कार तथा बेश्यावृति जस्ता अपराध रोकथामका लागि ‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४’ लागू भएको छ । मानव बेचबिखन घटनामा कसुर ठहर भएमा २० वर्षसम्म कैद र दुई लाख रुपैयाँसम्म जरिवाना गर्ने कानूनी व्यवस्था छ ।

प्रतिक्रिया