नेपाल सरकार ग्रेटर नेपाल चाहदैँन

फणीन्द्र नेपाल

नेपालमा राष्ट्रियताको कुरा गर्दा सुगौली सन्धि विर्सन सकिन्न । नेपाल र तत्कालिन इस्ट इन्डिया कम्पनी बीचमा भएको सम्झौता हो, सुगौली सन्धि । सजसबाट नेपाल अंग्रेज युद्धको विधिवत समाप्ति भएको थियो । उक्त सन्धिमा नेपालले आफ्नो अधीनस्थ भूमिको २ तिहाई भू–भाग गुमाउनु परेको थियो । सन्धिमा ब्रिटिश इस्ट इन्डिया कम्पनी र नेपाल बीच २ डिसेम्बर १८१५ मा हस्ताक्षर भएको र यसको पुष्टि ४ मार्च १८१६ भएको थियो । यो सन्धि गरेर ब्रिटिशद्वारा पर्वतीय राज्य नेपालमाथि दोस्रो पल्ट आक्रमण गरिंदा उब्जेको सन् १८१४ देखि १८१६ सम्म चलेको अंग्रेज–नेपाली युद्धलाई समाप्त गरियो । सन्धिमा हस्ताक्षर गर्नेमा नेपाल पक्षबाट राजगुरू गजराज मिश्र र चन्द्र शेखर उपाध्याय तथा ब्रिटिश (कम्पनी) पक्षका लेफ्टिनेन्ट कर्नेल प्यरिस ब्राड्स थिए ।

सन्धि पछि नेपालले एक तिहाई भूभाग गुमाउनु पर्यो । यस अन्तर्गत दार्जिलिङ सिक्किमको क्षेत्र पनि पर्छ, यहाँका राजा छोग्यालले अंग्रेज–नेपाली युद्धमा ब्रिटिशलाई सघाएका थिए । नेपालले गुमाएका क्षेत्रहरूमा काली नदीको पश्चिमी भाग कुमाउँ(वर्तमान उत्तराखण्ड), गढवाल (वर्तमान उत्तराखण्ड), सतलज नदीको पश्चिमतर्फका केही क्षेत्रहरू कांगडा (वर्तमान हिमाचल प्रदेश) र तराई क्षेत्रका धेरै भाग हुन् । सुगौली सन्धि गर्ने ब्रिटीसले भारत छोडर गए पनि नेपालले उसँग गरेकास सन्धिमा परेका जमिन भने आज पनि फिर्ता पाएका छैनौं । उक्त जमिन आज पनि भारतको कब्जामा छ । नेपाल सरकारका तर्फबाट उक्त जमिन फिर्ताका लागि कुनै पहल भएको पनि छैन ।

००००

सुगौली सन्धिमा नेपालले गुमाएको भाग फिर्ता हुनपर्छ भन्ने आवाज मलिन गरी नउठेको भने होइन, तर जुन तहमा बुलन्दका साथ उठन पर्ने थियो त्यो भने हुन सकेको छैन । सुगौली सन्धि पहिलाको नेपाल कायम हुनपर्छ (ग्रेटर नेपाल चाहन्छि) भन्नेहरु पनि छन् । तर, त्यसलाई साथ दिनेको संख्या निकै देखिन्छ । ग्रेटर नेपाल हुनपर्छ भन्ने अभियान चलाउदै आएका ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपाल भन्छन्, ‘बिस १८१४ मा अंग्रेजसँग लडाइ हुन पूर्व नेपालको सिमान पूर्वको टिष्टा नदी ७० किलो मिटर पर नगरकट्टा भन्ने ठाउँसम्म थियो । त्यसको प्रमाणमा आज पनि त्यहा कवि भानुक्तको शालिक रहेकाले पुष्टि गर्छ ।’ उनी लामो समयदेखि यस अभियानमा छन् ।

‘नेपाल र अंगेजबीच भएको लडाइमा कालिनदि पश्चिमको भाग हारेको १८१५ को मे १५ मा ब्रिटिस सेनापती र नेपालका तत्कालिन सेनापति अमरसिह थापा बीच सम्झौतामा कालिनदि नेपालको सिमना हुने भन्ने छ । ब्रिटिससँग नेपालको सुगौली सन्धि भयो । त्यसमा नेपालले नहारेका पनि ठाउँलाई पनि हारेको उल्लेख भयो । नेपालको तर्फबाट सुगौलि सन्धिमा भएको असमानताका बारेमा न तत्कालिन सरकारले बोलेको देखियो न वर्तमान,’ नेपाले भने । उनीहरुको माग ग्रेटर नेपाल हो । १८१६ मार्च ४ मा नेपालले ब्रिटिससँग गरेको सम्झौतामा गुमाएको सबै भाग फिर्ता हुनपर्छ । सुगौली सन्धि अगाडी जहाँसम्म नेपालको भू–भाग थियो त्यो कायम हुनपर्छ, नेपालले भने । तर, उनले मागेकै भरमा ग्रेटर नेपाल फिर्ता होला भन्न सकिने अवस्था छैन । यसका लागि राज्यले नै महत्वपूर्ण भूमिका खेल्नुपर्छ ।

००००

हुन त फणीन्द्रलाई ग्रेटर नेपालका नाममा भारतका बिरुद्ध चीनका लागि जारुसी गरेको आरोप पनि लाग्ने गरेको छ । उनी त्यो आरोपलाई ठाडै खाण्डन गर्छन् । ‘हाम्रो अभियानमा अनेक प्रश्न उठने गरेको छ । हो, हामी चीनलाई नजिक ठान्छौं । किन की उस्ले हाम्रो मागमा नैतिक समर्थन जनाएको छ । चीनसँग हाम्रो सम्बन्ध मित्रवत छ । भारतले १३ घण्टाको शैनिक कार्यबाही गरेर गोवा लियो । चीनले हंकङ लियो, मकाउ लियो । उनीहरुले पाउन हुने हामी पाउन नहुने ?’ छिमेकमा रहेको कसैको जमिन मेरो भन्दैमा पाइन्छ ? उनको बुझाइमा चीनले गरेको हंकङ सन्धि र सुगौली सन्धी यस्तै हो । ‘उनीहरुले हंकङ पाउन हुने हामीले चाहि सुगौलि सन्धिमा गुमाएको भाग किन नपाउने ? चीन आवको विश्मा शक्ति राष्ट्रहो र हाम्रो असल छिमेकी पनि । त्यसैले हामीले उसँग साहयता खोजेको हो । कसैका बिरुद्धमा कसैको जासुसी गरेका छैनौ ।’

‘मैले जतिपटक चीन गए त्यहाँका नेताहरुसँग भनेको छु, तपाइहरुले हङकङ र मकाउ लिए जस्तै हाम्रो दार्जलिङ र कुमगढ लिन पाउन पर्छ । हाम्रो यो लडाइमा तपाइहरुको नैतिक समर्थन चाहियो भन्ने गरेको छु ।’ यसमा चीनका नेताहरुको भनाइ छ, ‘तपाइहरुको माग दावी र प्रस्ताव ठिक छ । तर यो सरकारी तवरबाट आउन प¥यो अनि हामी कुटनैतिक रुपमा सहयोग गरौला । व्यक्ति वा संस्थाले भनेर हुँदैन ।’ उनले चिनियाँ नेताहरुसँग भएका आफ्ना अनुभव सुनाए । उनले भनेको कुरामा सत्यता पनि छ ।

चीनलाई हामीले दिने गरेको विज्ञप्तीले वा मैले कराएको भरमा ग्रेटर नेपाल फिर्ता हुने होइन । म के कुरामा विश्वस्त छु भने । चुप लागेर बस्न हुँदैन यसबारेमा थारै भए पनि बोल्नु पर्छ र विश्वको ध्यान तान्नु पर्छ भन्ने हो । ध्वनी प्रवाह गरी रहेका हौँ । बोल्दै नबोल्ने हो भने त यो बिषय त्यसै सेलाएर जान्छ । उनी आफ्ना् बुता भन्दा माथी उठनेर ग्रेटर नेपालका बारेमा बोलेको कुरामा स्वीकार गर्छन । भारतका विरोधमा चीनका जासुसको आरोप पानी लाग्छ । उनी स्वकीकार गर्देनन्, ‘चीन र भारतका जासुस यति बलिया छन् की मेरो बुताले भ्याउदैन । मेरो भूमिकाले अर्थ राख्दैन । हो हामीले उठाएको बिषय जुन तहमा राज्य र देशभक्त नगरिकले यसको पक्षमा बोल्नु पर्ने हो त्यो भएको छैन हामीले बोलेको र उठाएको बिषयमा साथ दिने थारै देखिएकाले त्यस्तो लागेको हो ।

००००

सरकारले जारी गरेको चुच्चे नक्सा प्रति उनले प्रश्न उठनए, ‘चुच्चे नक्सा जारी गरेको सरकारले खोइ त त्यो जमिज प्रयोग गरेको ? नक्शामा भएको जमिनसम्म प्रयोग गर्न नसक्ने सरकारले ग्रेटर नेपाल फिर्ता लेला भनेर कल्पना गर्न सकिन्न । उनी सरकाले गर्ने काम र भूमिकामा विश्वस्त छैनन् । यतिका राष्ट्रवादी भनिने पार्टीहरु छन् । तर, कसैले यसबारेमा कोही बोलेनन् । ०५४ मा महाकाली सन्धिको बिरोध गरेका कारण वामदेव गौतमसँग भने केही आस लागेको थियो । तर, उनले पनि केही गरेनन् ।

मलाई अहिले पनि याहाको राज्य, नागरिक समाज र देशक्त एक भएर लाग्ने हो भने हामीले गुमाएका सबै भूमि फिर्ता हुन्छ भन्नेमा विशवास छ । यसका लागि राज्यले कुटनैतिक रुपमा पहल गर्नपर्छ । तर कुनै पनि शासकले यसबारेमा बोलको सुनिएन, यसमा दुःख लाग्न । उनले सरकारी तवरबाट केही पहल नभएकोमा गुनासो गरे । उनले गुनासो गरे पनि उनको भनाइमा केही सत्यता भने छ । सरकार बाहिर बसेर चर्को राष्ट्रियताका कुरा गर्नेहरुले सरकारमा गएको बेला भारतसँग शिर ठाडोपारेर यस बिषयमा कुरा उठाएको सुनएिको छैन । अहिलेसम्मको अवस्था हेर्दा जुन जोगी आए पाी कानै चिरेको भन्ने उखान चरित्रार्थ भएको छ ।

००००

उनको अनुभवमा चीन नेपालले ग्रेटर नेपाल फिर्ता होस भन्ने चाहन्छ । तर, कुनै व्यक्तिले भनेको भरमा हुँदैन । सरकारले त्यसबारेमा पहल गर्नुपर्छ । सुगौलि सन्धि यता भएका कुनै पनि सरकारले ग्रेटर नेपाल फिर्ताका बारेमा एक शब्द बोलेको छैन । यो बिषयमा संयुक्त राष्ट्रसंघमा पनि कुरा उठयो तर, तयसै सेलायो । सरकारले यसबारेमा कुनै पहल गरेका छैन । नेपालका सरकारहरु ग्रेटर नेपाल चाहन्छन भन्ने पनि सकिने अवस्था छैन ।

फणीन्छ भने सम्भव देख्छन् । सम्भव छ, काकडा टिष्टमा फेरी नेपाली झण्डा फहराउन सकिन्छ । त्यसका लागि राज्य लाग्नुपने उनको भनाइ छ । ‘म सँग जस्ले ग्रेटर नेपालको कुरा गर्नु हुन्छ त्यो व्यक्ति यसको पक्षमा रहेको म ठान्छु । तर नेताहरु पार्टीको कार्यक्रममा जनताको ध्यान तान्न सुगौली सन्धिको बिरोध गर्छन सत्तामा गएपछि बोल्न सक्दैनन् । नेताहरुमा र सरकारमा बोलाइ अनुसार गराइ हुने हो भने हामीले ग्रेटर नेपाल पाउछौं ।’

भारतीय नेता आउँदा कालो भण्डा देखाएर दुतावासमा धर्ना दिदैमा र चीनीया नेतालाई ज्ञापना पत्र बुझाउदैमा आफूहरु सफल नहुनेमा उनी विश्वास्त छन् । तर आफ्नो तर्फबाट भने यो अभियानबाट पछि नहट्ने उनले सुनाए । उनको दृढता सुन्दा जति सुन्दार लाग्छा त्यो सफलताको शिखरसम्म पुग्ने कुरामा शंका पनि भन्न तर मलाई चीन, पाकीस्तान र भारतले पनि पैसा दिएर उचालेको भन्छन् । मेरो अवस्थाले ददेखाउछ कस्ले के गरेका छ भनेर एउटा साइकलसम्म न भएको मान्छेलाई कस्ले के सहयोग गरेको होला । भारतल ेसमेत पैसा दिएर ग्रेटर नेपालको पक्षमा कोको रहेछ भनेर थाहा पाउन प्रयोग गरेको पनि भन्छन् । यसमा कुनै सत्यता छैन ।

नेपालका नेताहरु भेटदा तपाइले उठाएको कुरा राम्रो छ । उठाउनुस भन्ने तर आफै बोल्न भने कसैले आँट नगरेको उनको अनुभव छ । कति नेताले भने केसम्म भने भने, ‘खोइ फणीन्द्र जी भारत चाम्रो छ यसमा पार लगाउन सकिएला र ! सभ्भ भने जो आफूलाई ठूला दशेभत्त ठान्छन् र भारतलाई गाली गर्छन । तर यस्ता कुरामा बोल्ने आँट गर्देनन् । नेताहरुको भारत परस्त सोच छ । प्रधानमन्त्री भएकाले इजीपीकोसम्म कुरागर्ने आँट गर्न सक्दैनन अनि कसरी बोलुन ग्रेटर नेपालको पक्षमा !

००००

ग्रेटर नेपाल फिर्ता चाहने हो भनेर सिधै भारतसँग कुरा गर्नपर्ने उनको बुझाइ छ । भारत ब्रिटिससँग स्वतन्त्र भए पछि हाम्रो जमिन पनि फिर्ता हुनपर्छ भनेर कुरा उठाउन प¥यो नी खाइ कस्ले बोलेको ? बाहिर एक इन्च जमिन छोडीन्न भन्ने तर बोल्न पर्ने ठाउँमा चाहि बोल्ने आँट किन नगर्ने ? ‘मनाइ चीनको जासुसी भन्नेहरुलाई सोध्न चाहन्छु । मेरो आर्थिक अवस्था हेर्नुस अनि कस्का लागि के गनेको छु भन्नुस ।’ उनले आफूलाई भारतकै यसारामा यो काम गरेको समेत आरोप लागेको सुनेका छन् । ती सबै मिथ्या भएको उनले दाबी गरे । ‘मैले एउटा सचेत र देशभक्त नागरिकले गर्ने काम गरेको हुँ । कस्ले कके भन्छ फरक पर्देन । मेरो अहिलेसम्मको अनुभव र भोगाइले भन्छ, नेपाल सरकार ग्रेटर नेपाल चाहदैन ।’ उनको आरोपमा शंकागर्ने ठाउँ छैन । उनले भने जस्तै भारततीय शासकसँग आँखा जुधार ग्रेटर नेपालका पक्षमा तार्किक कसैले बोलेको सुनिएको छैन । त्यसैले उनको भनाइमा सत्यता छ । प्रस्तूतिः चमिना भट्टराई

प्रतिक्रिया