प्युठानमा यात्रुबाहक बस दुर्घटना, तीन जना घाइते

प्युठान । प्युठानमा यात्रुबाहक बस दुर्घटनामा परेको छ ।प्युठानको बाग्दुला बसपार्कबाट गौमुखी गाउँपालिकाको पूजा जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा परेको हो ।

प्युठानको बाग्दुलाबाट गौमुखी–४ पूजा जाँदै गरेको लु १ ख ९७१९ नम्बरको बस गौमुखी गाउँपालिका– ७ नारिकोटको पातीहाल्ना नजिक मलारीमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी तीन जना सामान्य घाइते भएका छन् ।

घाइतेलाई उपचारको लागि प्युठान अस्पताल बिजुवार पठाउने व्यवस्था मिलाइएको गौमुखी गाउँपालिकाका उपाध्यक्ष महाबिर रानाले जानकारी दिए । अन्य सबै यात्रु सकुशल रहेको उपाध्यक्ष रानाले बताए ।

उक्त यात्रुबाहक बसमा १८ जना यात्रु सवार रहेको बताइएको छ । दुर्घटनास्थलमा तत्कालै घाइतेको उद्धारको लागि प्रहरी, जनप्रतिनिधि र स्थानीयको सक्रियता रहेको थियो । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया