दाङमा ७३ वर्षीया वृद्धालाई बलात्कारकाे आरोपमा दुई जना पक्राउ

दाङ । दाङमा ७३ वर्षीया एक वृद्ध महिलालाई बसभित्र सामूहिक बलात्कार भएको छ । बलात्कारको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दाङ तुलसीपुर- १५ का ३० वर्षीय पुष्कर रोका र सल्यानका रेशम विकलाई प्रहरीले गएराति पक्राउ गरेको जनाएको छ ।

आरोपित दुई जनाले सहयोग गर्ने वहानामा तुलसीपुर बसपार्क भित्र पार्किङ गरि राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र लगेर बलात्कार गरेको आरोप छ । महिला चिच्याएको सुनेपछि स्थानीयले प्रहरीलाई सूचना दिएपछि उनीहरुलाइ पक्राउ गरिएको थियो ।

प्रतिक्रिया