आईएमई लाईफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरओभर‌ सस्क्राइभड भएको छ । तेस्रो दिन बेलुकासम्ममा कम्पनीको शेयरका लागि ९ लाख ४० हजार ८१२ आवेदनकर्ताले १ करोड १७ लाख ६९ हजार ५० कित्ता सेयरका लागि आवेदन दिएका छन् ।

कम्पनीले १ सय ३६ रुपैयाँ ९१ पैसा प्रिमियम थपेर २३६ रुपैयाँ ९१ पैसा दरमा १ करोड २० लाख कित्ता शेयर निष्काशन गरेको थियो । त्यसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता शेयर वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई वितरण गरिसकिएको छ ।

यस्तै ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सामुहिक लगानी कोषलाई र अर्को ५ प्रतिशत अर्थात ६ लाख कित्ता सस्थाका कर्मचारीहरुलाई छुट्याएर बाँकी ९६ लाख कित्ता सर्वसाधारणको लागि निष्काशन गरिएको थियो । आइएमई लाइफले बीमा क्षेत्रमै पहिलो पटक प्रिमियम मूल्यमा आईपीओ निकालेको हो ।

प्रतिक्रिया