म्याद नाघेको सोया सस बजारमा पठाउने शिखर फुडलाई कारवाही गर्न सिफारिस

बझाङ । घरेलु तथा साना उद्योग कार्यालय बझाङले सिखर फुड इन्डस्ट्रिजलाई कारवाही गर्न सिफारिस गरेको छ । सिखर फुड इन्डस्ट्रिजले उत्पादन गरेका म्याद नाघेको सोया सस बजारमा भेटिएपछि घरेलु तथा साना उद्योग कार्यालय बझाङले कारवाहीको लागि सिफारिस गरेको हो ।

बिहिबार सदरमुकाम चैनपुर बजार नजिकै रहेको पक्की पुल चैड बजारमा अनुगमनका क्रममा एलबी किराना पसलले ईस्टिमेट बिल मार्फत खरिद गरेको सोया सस उत्पादन मिति भन्दा तीन हप्ता अगाडी खरीद गरेको उत्पादक कम्पनीले ६ जुलाई २०२३ अर्थात विहिवार उत्पादन भएकाे स्टीकर टाँसेको भेटिएकोले आवश्यक कारवाहीको लागी सिफारिस गरिएको घरेलु तथा साना उद्योग कार्यालय बझाङले जनाएको छ ।

शिखर फुड इन्डस्ट्रिजमाथि कारवाही गर्न जिल्ला प्रसासन कार्यालय बझाङ, जिल्ला प्रसासन कार्यालय कैलाली, घरेलु तथा साना उद्योग कार्यालय कैलाली र खाद्य प्रविधि तथा गुण नियन्त्र कार्यालय कैलालीमा सिफारिस गरिएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय बझाङले भनेको छ – ‘उपभोत्ताहरुको स्वास्थ्य माथि गम्भिर खेलवाड गर्ने धनगढी कैलालीमा रहेकोे कम्पनी सिखर फुड इन्डस्ट्रिजलाई नियमअनुसार कारवाहिको लागी माग गरेका छौंं । साथै उक्त ससलाई खाद्य प्रविधि तथा गुण नियन्त्र कार्यालय कैलालीमा पठाईएको र नमुना परिक्षण गरी उपभोग्य रहे नरहेको जानकारी गराउन भनिएको छ ।’

प्रतिक्रिया