बिन्दबासिनीमा झालाई स्वागत र साहको बिदाइ

पर्सा । पर्साको बिन्दबासिनी गाउँपालिकाका तत्कालिन अधिकृत राजु साहले हाजिर हुन आएका प्रमुख प्रशासकीय अधिकृत राकेश ओझालाई स्वागत गरेका छन् । बिन्दबासिनी गाउँपालिकाको सभाहलमा भएको फेरी भेटौला कार्यक्रमामा अधिकृत साहले अधिकृत ओझालाई स्वागत गरेका हुन् । सोही कार्यक्रमबाट अधिकृत साहलाई बिदाई पनि गरिएको हो । बिदाई तथा स्वागत कार्यक्रममा साहले आफ्नो एक वर्ष ७ महिनाको कार्यकालमा गरेका महत्त्वपूर्ण कामका बारेमा जानकारी गराउँदै आफनो अवधिमा बिन्दबासिनी गाउँपालिकाले गरेको विकास निर्माण लगायतका कामहरु सम्पन्न गरेको उद्घोष गरे । अधिकृत साहले नयाँ अधिकृत ओझालाई आफ्नो कार्यकालमा भन्दा अझ उत्कृष्ट काम गर्न शुभकामना समेत दिए ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले अधिकृत साहले पालिकाले गरेको विकास निर्माण लगायत सम्पुर्ण कार्यमा अग्रपंक्तिमा रहेको काम गरेको बताए ।

अध्यक्ष तिवारीले नयाँ अधिकृत ओझाको कार्य सफलताको शुभकामना दिँदै स्थानीयसँग हातेमालो गरी काम गर्ने प्रतिबद्धता जाहेर गरे ।

बिन्दबासनी गाँउपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पदभार ग्रहण गर्दै ओझाले आगामी कार्ययोजनाको बारेमा जानकारी गराए । उनले भने, ‘अब मेरो कार्यकालमा पनि झन विकास निर्माणको कामले तीब्र गति लिने र पालिका बासिको चाहना अनुसार काम गर्नेछु ।’

कार्यक्रममा वडाध्यक्ष मोहन यादव, अच्छेलाल महतो, लेखा अधिकृत मिथलेश कुशवाहा, शिक्षा प्रमुख कपिल लामिछानेलगायत पालिका सम्पुर्ण कर्मचारी र स्थानीय समाजसेवीहरुले शुभकामना दिएका थिए ।

कार्यक्रममा बिदाई भएका अधिकृत साहलाई मायाको चिनोले सम्मान गरिएको थियो । बिन्दबासनी गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत राजु साहको सरुवा जिल्ला समन्वय समिति पर्सामा भएको छ, भने नयाँ अधिकृत छिपहरमाई गाउँपालिकाबाट बिन्दबासनी गाउँपालिकामा सरुवा भएर आएका हुन् ।

प्रतिक्रिया