झिमरुक गाउँपालिकालाई पुर्णखोप सुनिश्चितता घोषणा

प्युठान । प्युठानको झिमरुक गाउँपालिकालाई पुर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । बिहिवार गाउँपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरि पुर्णखोप सुनिश्चितता घोषणा कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको हो ।

झिमरुक गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा गरेको उत्कृष्ट कार्यको प्रसंशा गर्दै स्वास्थय कार्यालय प्युठानका प्रमुख हेमराज पाण्डेले भने, यो अभियान सबैको भएकोले महाअभियानको रुपमा गाउँ गाउँ सम्म पुर्याउनुपर्ने बताए । प्युठान जिल्लालाई २०७२ मा पुर्ण खोप जिल्ला घोषणा गरिएपनी गाउँ गाउँ सम्म आफ्ना नानिबाबुलाई खोप लगाउन अनिवार्य भएको कुरामा जागरुक गराउन सबै मिलेर अभियानकै रुपमा लैजानु पर्नेमा जोड दिए ।

अभियानको उदेश्य भनेको कुनैपनी नानिबाबु खोप लगाउनबाट नछुटुन भन्ने हो उनले भने,’राज्यले एक बच्चालाई खोप लागाउन करिब ४० हजार खर्च गर्छ ।’ खोप संगै गाउँ आगनमै पुगेर सुत्केरी जाच गर्ने र सबै बच्चा अस्पतालमा जन्माउने अभियान समेत संगसंगै लैजान पहल थाल्नुपर्ने डाक्टर पाण्डेले बताए । यसकाे लागी स्थानीय सरकारले बिद्यालय आमा समुहमा गएर स्वास्थय सम्बन्धि सचेतना कार्यक्रम चलाउनुपर्ने उनको भनाइ छ ।

त्यस्तै कार्यक्रममा गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्री स्वास्थ्य क्षेत्रमा सुखद र उपलब्धि हासिल गर्न सफल भएकोमा सबैको सहकार्य र मेहनतबाट सम्भव भएको बताए । ‘कार्यक्रममा लगाइएको रंगीचंगी माला र प्राप्त गरेको प्रमाणपत्रले हामी सबैलाई थप हौसला सहित कार्य गर्ने प्रेरणा पैदा गरेको महसुस गरेको छु उनले भने । सबैको सहकार्य भुमिका र योगदानले सफल भएको बताए । काम गर्ने क्रममा सजिला अफ्ट्यारा आउने गर्छन् यस्लाई पन्छाएर सफलता प्राप्त गर्ने हो उनले भने यसो गरे उपलब्धिको सिखर चुम्म सम्भ हुने उनले बताए । ‘पहिलो सर्त मानिस स्वस्थ्य बचाउनु पर्छु।’ उनले भने, ‘अब ल्याउने नीति र कार्यक्रममा स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएर अगाडि बढ्ने छौ ।’ उनले भने, ‘सरकार तपाईंको साथमा छ ।’ स्वास्थ्यकर्मीले मनोबल उच्च बनाएर काम गर्न आग्रह गरे ।

झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले बिरामिको हिसावले हेर्यो भने स्वास्थ्यकर्मी भगवान हुन। उनले भने, डाक्टर कहाँ एक बिरामी पुग्दा आफुलाई हल्का र आधा सन्चो भएको महसुस गर्ने बताए । खोप कार्यक्रमलाई अझै राम्रो बनाउन सबैको एकमना एकताका साथ लाग्नुपर्ने बताए । झिमरुकलाई जिल्ला हुँदै प्रदेश र देशभरको अब्बल र उत्कृष्ट बनाउन थप अभियान लैजानुपर्ने बताए ।
त्यस्कोलागी स्वास्थ्य शाखा मातहतको सबै समस्या समाधान गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

२३ महिना सम्मका बालबालिकाहरुलाई १२ वटा रोगको विरुद्ध गाउँपालिका भित्र रहेका २८ वटा खोप केन्द्र्बाट हरेक महिनाको २ देखि ६ गते सम्म स्वास्थ्यकर्मीबाट खोप लगाउने ब्यवस्था गरिएको स्वास्थ्य शाखा प्रमुख बिकास केसीले जानकारी दिए ।

पुर्णखोप सुनिश्चितता घोषणा कार्यक्रममा सम्मान

गाउँपालिका पुर्णखोप सुनिश्चितता घोषणा कार्यक्रममा नियमित खोप कार्यक्रममा लामो समय देखि कार्यरत रहि योगदान गरेको भन्दै ४ जना स्वास्थ्यकर्मी लाई सम्मान गरेको छ । सम्मान हुनेमा तोरवाङ स्वास्थ्य चौकीना सिअहेब राम बहादुर केसी,र सिअनमी बिमला पोख्रेल, बादिकोट स्वास्थ्य चौकीकी सिअनमी मुना एमसी, र तुषारा स्वास्थ्य चौकिकी सिअनमी दुर्गा जिसी र लाई प्रमाणपत्रले सम्मान गरिएको छ ।

गाउँपालिका भित्रका सबै वडामा पुर्ण खोप सुनिश्चितता भएकोले जिल्ला खोप समन्वय समितीले झिमरुक गाउँ पालिकालाई पुर्णखोप पालिका घोषणा प्रसंशापत्र स्वास्थय कार्यालय प्युठानका प्रमुख हेमराज पाण्डेले गाउँपालिका अध्यक्षलाई प्रदान गरेका छन् । त्यस्तै पालिका खोप समन्वय समितीले गाउँपालिका भित्रका ८ वटै वडालाई पुर्ण खोप सुनिश्चितता दिगोपना गरेको भन्दै वडा खोप घोषणा प्रमाणपत्र स्वास्थ्य चौकी प्रमुख र वडा अध्यक्षलाई संयुक्तरुपमा प्रदान गरेको थियो ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया