पहिरोबाट जिवितै उद्धार गरिएकी बालिकाको मृत्यु

पाँचथर । जिल्ला को फालेलुङ गाउँपालिका–३ मा पहिरोबाट जिवितै उद्धार गरिएकी बालिकाको उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार खोलाघारीस्थित मनप्रसाद राईको घरमा पुरिएकी ८ वर्षीया जुना सावदेनको आइतबार बिहान ७ बजे जिवितै उद्धार गरिएको थियो ।

आज बिहान जिवितै उद्धार गरिएकी सावदेनको उपचारको लागि स्थानीय मेडिकल भन्ज्याङतर्फ लगिएको थियो । उनलाई थप उपचारको लागि जिल्ला अस्पताल पाँचथरमा ल्याएर चेकजाँच गर्ने क्रममा डाक्टरले मृत घोषित प्रहरीले जनाएको छ ।

मन प्साद राईलाई केहि नभएको, निजको श्रीमती ६७ वर्षीया रनमाया राईको घुडामा र पछाडी ढाडमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।

मृतक बालिका मनप्रसाद राईकी नातिनी हुन् । उनको घर फालेलुङ– ४ मेमेङ स्थायी घर भएपनि हाल मामावली घर बस्दै आएकी थिइन्।

प्रतिक्रिया