पाँचथर । मेची राजमार्ग स्थित पाँचथर जिल्लाको फिदिम नगरपालिका र हिलिहाङ गाँउपालिका जोड्ने हेवाखोलाको पुल बाढीले बगाएपछि यातायात अबरुद्ध भएको छ ।
गएरातिकाे अविरल बर्षाको कारणबाट आएको बाढीले हेवाखोलाको पुल बगाएकाे थियाे । पुल बगाएपछि मेची राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएकाे छ ।
पाँचथर जिल्लाको विभिन्न भागबाट आएको बाढीको कारणबाट माउन्टेन हाइड्रो, माझिटार र हेवाखोलाको पुल
क्षेत्रबाट केही मानिस हराइरहेको हुनसक्ने प्रहरीले जनाएकाे छ । बाढीले हराईरहेका मानिसहरु अहिलेको अवस्थामा ५ जना बेत्ता रहेको र अन्य खोजी कार्य रहेको पाँचथरका डिएसपी हरि खतिवडाले जनाए । उद्धारमा सुरक्षाकर्मीहरु गएराति ३ बजे देखि तैनाथ रहेको उनले बताए ।
प्रतिक्रिया