पाँचथर । पाँचथर र इलामको सिमाना राँकेमा पत्रकारकालागि रिपोटिङ सम्बन्धी कार्याशाला सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ पाँचथर शाखाको आयोजना तथा फाल्गुनन्द गाउँपालिकाको आर्थिक सहयोगमा कार्याशाला सम्पन्न भएको हो । संस्थागत रुपमा पत्रकार महासंघका सदस्य तथा कृयाशील पत्रकार युद्धबहादुर बोहोराको समन्वयमा पालिकाले सहयोग गरेको र गर्दै आइरहेको जनाएको छ।
आर्थिक पत्रकारिताको विषयलाई जोड्दै स्थानीय तहहरुमा उठान गर्नुपर्ने लगायतका विषयमातालिम प्रदान गरिएको जनाएको छ । तालिमको सहजीकरण कान्तिपुर दैनिकमा कार्यरत यज्ञ बन्जाडेले गरेका थिए ।
कार्याशालामा स्थानीय तहमा हुने विकास निर्माण,सेवा प्रवाह लगायतका विविध विषयका राम्रो नराम्रो सवै पक्षलाई समेट्दै संचारकर्मीहरुले कमल चलाउनुपर्ने विषयमा जोड दिइएको छ । कार्याशाला पत्रकार महासंघ पाँचथर शाखा अध्यक्ष गिरीराज बास्कोटाको अध्यक्षतामा सम्पन्न भएको हो ।
प्रतिक्रिया