काभ्रे । आफ्नै श्रीमान्को कुटाइबाट एक दलित महिला वडा सदस्यको मृत्यु भएको छ ।
गए राति काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका– ११ की दलित महिला वडा सदस्य ज्ञानीमाया विकको हत्या गरेको अभियोगमा उनका पति सन्दु विकलाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार राति श्रीमान्को कुटाइबाट मरणासन्न भएकी ज्ञानीमायाको उपचारको क्रममा धुलिखेल अस्पतालमा बुधबार राति निधन भएको वडाध्यक्ष कृष्णबहादुर तामाङले बताए ।
उनी नेकपा एमालेबाट दोस्रो पटक सो वडाको दलित महिला वडा सदस्यमा निर्वाचित भएकी थिइन् ।
प्रतिक्रिया