रुपन्देहीबाट चोरीका विभिन्न सामान बरामद

रुपन्देही । रुपन्देहीबाट प्रहरीले चोरीका विभिन्न सामान बरामद गरेको छ ।

जिल्लाको सिद्धार्थनगर नगरपालिका–१ डण्डा ईलाकाबाट मंगलबार सशस्त्र प्रहरीले १ लाख २० हजार ७ सय ४० रुपैयाँ बराबरको विभिन्न सामान बरामद गरेको जनाएको छ ।

भारतबाट नेपालतर्फ ल्याउँदै गरेको चोरीका ड्रिल मेशिन, लत्ताकपडा तथा मोबाईल ऐक्सेसरिज सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा (वीओपी डण्डा) ले बरामद गरेको हो ।

बरामद सामान भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया