पाँचथर । फिदिम नगरपालिका– ११ वडामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाँचथरले शनिबार वडा समिति गठन गरेको छ । वडा भेलाले केशरप्रसाद सुवेदी को सभापतित्वमा ११ सदस्य समिति गठन गरेको हो ।
उपसभापति, चन्द्रकला न्यौपाने, सचिव कृष्णकुमार मेयोङवा, कोषाध्यक्ष सन् थाम्सुहाङ, सदस्यहरु, यामबहादुर मेयोङवा, सविन आङबो, यसोदा फुयाल, कुमार सिवा, कमला श्रेष्ठ, सहरबहादुर मेयोङवा रहेको संघीय निर्वाचन क्षेत्रिय समिति सदस्य दिपकप्रकास भण्डारीले जानकारी दिए ।
सोही क्रममा (RAT) समिति गठन पनि गरिएको छ । समिति संयोजक विरेन्द्र थाम्सुहाङ, सदस्य महेन्द्र फुयाल, राजन न्यौपाने, दशरथ आङबो, रामकुमार मेयोङवा, रहेका छन् । समिति सल्लाहकार जिवन फुयाल, चुडामणि जबेगू, चन्द्रप्रकाश तावाहाङ रहेका छन् ।
सो समितिमा पुराना राजनीतिक पार्टीबाट असन्तुष्टि जनाउँदै गोलबन्द भएको जनाइएको छ । समिति निर्माणको भेलालाई कृष्णकुमार मेयोङवाको प्रमुख आतिथ्यता रहेको थियो । सभाको अध्यक्षता वडाका अग्रज जिवननाथ फुयालले गरेका थिए ।
प्रतिक्रिया