इरानले बनायो ध्वनिभन्दा १५ गुणा बढी गतिको मिसाइल

इरान । इरानले आफ्नो पहिलो हाइपरसोनिक मिसाइल अनावरण गरेको छ । यो मिसाइलको गति ध्वनिभन्दा १५ गुणा बढी गतिको रहेको छ । यो मिसाइलले प्रतिरक्षा प्रणाली छिर्न सक्ने दाबी गरिएको छ । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले मिसाइलको नाम फतेह राखेका छन् ।

राष्ट्रपति इब्राहिम रायसी र इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्सका वरिष्ठ कमान्डरहरूको उपस्थितिमा मंगलबार यसको अनावरण गरिएको थियो । यो पूर्णतया इरानमा निर्मित हो ।

इरानको मिसाइल कार्यक्रमलाई लिएर पश्चिमी देश र इजरायलले चिन्ता व्यक्त गरेका छन् । इजरायलले ब्यालिस्टिक मिसाइललाई परमाणु हतियार बोक्न प्रयोग गर्न सकिने बताएको छ । तर, इरानले यी सम्भावनालाई अस्वीकार गर्दै आएको छ ।

मिसाइलको गति सीमा म्याच १५ मच (५,१४५ मिटर वा १६,८८० फीट प्रति सेकेन्ड)छ । यसको फायर पावर १४०० किमी छ ।

हाइपरसोनिक मिसाइलहरू ध्वनिको गतिभन्दा पाँच गुणा वा बढीमा यात्रा गर्छन् । फतेह कुनै पनि राडारमा समातिने छैन । फतहलाई अन्य कुनै मिसाइलले नष्ट गर्न सकिँदैन किनभने यो फरक दिशामा र विभिन्न उचाइमा यात्रा गर्दछ ।

आईआरजीसी एयरोस्पेस प्रमुख अमिर अली हाजिजादेहले गत वर्ष नोभेम्बरमा इरानी क्षेप्यास्त्र प्रविधिका पिता भनेर चिनिने हसन तेहरानी मोगद्दमको पुण्य तिथिमा हाइपरसोनिक मिसाइलको विकासको घोषणा गरेका थिए ।

प्रतिक्रिया