केयुको २८औँ दीक्षान्तमा ९ जना पिएचडीसहित १ हजार २ सय ४० विद्यार्थी दिक्षित हुँदै

काभ्रे । काठमाडौं विश्वविद्यालयको २८औँ दिक्षान्त समारोहबाट ९ जनाले पिएचडीसहित १ हजार २ सय ४० जना दीक्षित हुने काठमाडौं विश्व विद्यालयले जनाएको छ ।

बिहीबार एक पत्रकार सम्मेलन गर्दै उपकुलपति भोला थापाले विश्व विद्यालयको ९५औँ बैठक काठमाडौं विश्वविद्यालय ऐन, २०४८ को दफा १३ बमोजिम प्रधानमन्त्री तथा कुलपति शपुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्षतामा २०८० साल जेठ २२ गते सोमबार प्रधानमन्त्रीको सचिवालय, बालुवाटार, काठमाडौंमा सम्पन्न भएको पनि बताए ।

उनले विशेषतः काठमाडौं विश्वविद्यालयको २८औँ दिक्षान्त समारोह (दोस्रो चरण) को तयारीका सन्दर्भमा विभिन्न तहका विभिन्न उपाधिहरु प्रदान गर्न ग्रेसलिष्ट स्वीकृत गर्ने कार्यका लागि बैठक बसेको बताए । उनले दीक्षान्त समारोहमा पिएचडी, एमफिल, स्नातकोत्तर तथा स्नातक तहका विभिन्न उपाधिहरू प्रदान गर्न ग्रेसलिष्ट स्वीकृत गरेको बताए ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै थापाले आव २०७८–०७९ को वार्षिक कार्यप्रगती विवरण स्वीकृत गरेको समेत बताए । उनले आव २०८०–०८१ को वार्षिक कार्यक्रम तथा अनुमानित आयाव्यय (बजेट) पारित भएकोमा कूल रकम रु २ अर्ब २१ करोड ५५ लाख आय हुने अनुमान गरिएको बताइएको छ भने रु। २ अर्ब २६ करोड व्याय हुने अनुमान गरिएको बताए ।

विश्वविद्यालयको आव २०७७–७८ र आव २०७८ र ७९ को वार्षिक लेखापरीक्षण प्रतिवेदन स्वीकृत समेत गरेको छ । आव २०७९–८० को लेखापरीक्षणका लागि लेखापरीक्षकका रुपमा एमबी श्रेष्ठ एण्ड कम्पनी नियुक्ति गरी लेखापरीक्षकको पारिश्रमिक निर्धारण गरेको बताइएको छ ।

काठमाडौं विश्वविद्यालय ऐन, २०४८ को दफा ५ (ङ) एवं २२ बमोजिम सो नियम स्वीकृत तथा पारित गर्ने प्रस्ताव उपर छलफल गरी काठमाडौं विश्वविद्यालय आर्थिक नियम २०४९ मा आठौँ संशोधन नियम, २०८० लाई संशोधन गर्ने निर्णय गरेको बताइएको छ ।

काठमाडौं विश्वविद्यालयको २८औँ दीक्षान्त समारोह (दोस्रो चरण) २०८० जेठ २८ गते आइतवार काठमाडौं विश्वविद्यालयको केन्द्रीय परिसर धुलिखेलमा हुने भएको पत्रकार सम्मेलनबाट जानकारी दिइएको छ ।

काठमाडौं विश्वविद्यालयवाट स्कुल अफ आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स विधाका पीएचडी ९ जना, एमफिल ४१ जना, स्नातकोत्तर तहका ९८ र स्नातक तहका १ हजार ९२ जना सहित जम्मा १ हजार २ सय ४० जना विद्यार्थी दीक्षित हुने बताइएको छ ।

तीमध्ये आर्टस्‌का ३५ जना, एजुकेसनका ५७ जना, इन्जिनियरिङका ३६५ जना, लका १ जना, म्यानेजमेन्टका ५० जना, मेडिकल साइन्सेजका ५६५ जना र साइन्सका १६७ हुने बताइएको छ ।

पदकको नाम

पदक पाउने विद्यार्थीको नामावली निम्न रहेको समेत बताइएको छ । जसमा
चान्सलर स्वर्णपदक स्नातकोत्तर तहमा सबभन्दा बढी CGPA प्राप्त गर्ने विद्यार्थी
श्सिद्धार्थ रजक, CGPA 4.00, Master of Education in Mathematics Education, स्कुल अफ एजुकेसन भाइस चान्सलर स्वर्णपदक स्नातक तहमा सबभन्दा बढी CGPA प्राप्त गर्ने विद्यार्थी सन्चिता केसी, CGPA 3.98, Bachelor of Education in Chinese Language Teaching, स्कुल अफ एजुकेसन जुद्धबहादुर श्रेष्ठ स्वर्णपदक MBA तहमा सबैभन्दा बढी CGPA प्राप्त गर्ने विद्यार्थी प्रश्ना भट्टराई, CGPA 3.97, MBA स्कुल अफ म्यानेजमेन्ट रणबहादुर शाह स्वर्णपदक, MBA तहमा सर्वोत्कृष्ट विद्यार्थी आयुष्मा पोखरेल, CGPA 3.85, MBA, स्कुल अफ म्यानेजमेन्ट बाट हुने केयु का प्रवक्ता उद्धव प्याकुरेलले जानकारी दिए ।

प्रतिक्रिया