काठमाडौं । कालिकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४३ वर्षीय मनबहादुर शाही र ३६ वर्षीय मनकुमारी शाही रहेका छन् । उनीहरु श्रीमान् श्रीमती हुन् ।
ग ३ च ४६१० नम्बरको उक्त जिप रास्कोट नगरपालिका– २ सेराचौर बसपार्कमा रोकेर राखिएको जिप ब्याक गर्ने क्रममा दुर्घटना भएको हो । यद्यपि घटनाको अनुसन्धान भइरहेको कालिकोट प्रहरीले जनाएको छ ।
दुर्घटनामा सोही ठाउँकी ३० वर्षीया रिता शाही गम्भीर घाइते भएकी छन् । जिप सेरा बजारबाट कालिकोट सदरमुकाम मान्मतर्फ जाँदै गरेको निरीक्षक बमले जानकारी दिए ।
प्रतिक्रिया