आफ्नै राष्ट्रपति ट्रम्पविरुद्ध उम्मेदवारी दिँदै माइक पेन्स

वासिंगटन । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालका उपराष्ट्रपति माइक पेन्सले सन् २०२४ को राष्ट्रपतिका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् ।
अमेरिकी इतिहासको करिब ८० वर्ष भन्दा लामो अवधिमा आफ्नै राष्ट्रपतिको प्रतिद्धन्द्धी बनेर लड्ने उनी पहिलो उपराष्ट्रपति बनेका छन् । र यस्तो गर्ने तेस्रो उपराष्ट्रपति पेन्स बनेका छन् ।

माइक पेन्सले बुधबार आफ्नो पहिलो ¥याली अमेरिकी राज्य आईओवामा गर्ने तय भएको थियो ।
यसअघि वर्तमान उपराष्ट्रपतिले वर्तमान राष्ट्रपतिलाई चुनौती दिएको अमेरिकी राष्ट्रपतिको चुनाव सन् १८०० थियो । त्यतिबेला थोमस जेफरसनले जोन एडम्सलाई चुनौती दिएका थिए ।

स्तै, सन् १९४० मा त्यतिबेला डेमोक्र्याटिकका राष्ट्रपति फ्र्यांकलिन डेलानो रुजवेल्ट तेस्रो कार्यकालका लागि उठ्दा उपराष्ट्रपति जोन नान्स गार्नरले उनलाई चुनौती दिएका थिए ।

सन् २०२४ को सुरुमा रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवार तय गर्न आन्तरिक चुनाव हुनेछ ।
त्यसमा यसअघि नै उम्मेदवारी घोषणा गरेका ट्रम्पसँगै पेन्स पनि भिड्ने भएका हुन् । यस्तै फ्लोरिडाका गर्भनर रोन डिसेन्टिसले पनि रिपब्लिकन पार्टीबाट उम्मेदवारीको घोषणा गरेका छन् ।

सन् २०१६ मा ट्रम्पले पेन्सलाई आफ्नो ’रनिङ मेट’ बन्न आग्रह गर्दा पेन्स इन्डियाना राज्यका गभर्नर थिए। सन् २०२० मा राष्ट्रपति जो बाइडेन छानिएको चुनावी नतिजाका बेला ट्रम्प र पेन्सको सम्बन्ध बिग्रिएको थियो ।

प्रतिक्रिया