इरानबाट दुई हजार १०६ जना अफगानिस्तानी शरणार्थी स्वदेश फर्किए

काबुल । अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले आइतवार विज्ञप्तिमार्फत छिमेकी इरानबाट कुल दुई हजार १०६ जना अफगानिस्तानी शरणार्थी शनिबार स्वदेश फर्किएको उल्लेख छ ।

‘इरानमा शरणार्थीका रूपमा वर्षौँसम्म बसेका २,१०६ अफगानी शरणार्थी शनिबार आफ्नो मातृभूमि अफगानिस्तान फर्किएका छन् । शरणार्थीलाई उनीहरूको देश फर्काउने प्रक्रिया जारी छ,’ विज्ञप्तिमा भनिएको छ ।

यसअघि मे ३१ मा मन्त्रालयले इरानबाट करिब २,८०० अफगान शरणार्थी फिर्ता भएको जानकारी दिएको थियो ।गत जनवरीदेखि करिब ६०,००० अफगान शरणार्थी इरानबाट स्वदेश फर्किएका छन् ।

२५ लाखभन्दा बढी दर्ता भएका अफगान शरणार्थी इरानमा बस्दै आएका छन् र त्यति नै सङ्ख्यामा अफगान शरणार्थी पाकिस्तानमा बसिरहेका छन् ।

अफगानिस्तानको कामचलाउ सरकारले विदेशमा रहेका अफगान शरणार्थीलाई स्वदेश फर्कन र पुनःनिर्माण प्रक्रियामा योगदान दिन आह्वान गर्दै आएको छ ।

प्रतिक्रिया