सीमा विवादका विषय समाधान गर्न भारत सकारात्मक : प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण फलदायी रहेकाे बताएका छन् । साथै उनले सीमा विवादका विषय समाधान गर्न भारत सकारात्मक रहेको बताए ।​

चारदिने भारतको औपचारिक भ्रमण पूरा गरी स्वदेश फिर्ता भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । ‘सीमा विवादमा भारत सकारात्मक छ, सहजरुपमा समाधान गर्ने प्रतिबद्धता भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले गर्नुभएकाे छ’ पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्रीसँगै भ्रमण टोलीमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया