भारतको ओडिसा रेल दुर्घटनामा मृकको संख्या २८० पुग्यो

काठमाडौं । भारतको ओडिसामा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २८० जना पुगेको छ । ओडिसाको बालासोरनजिक भएको उक्त दुर्घटनामा परी ९०० जनाभन्दा बढी घाइते भएको भारतीय प्रहरीले जनाएको छ ।

उक्त रेल दुर्घटना शुक्रबार राति भएको थियो । घाइतेको उद्धारका लागि दुई सयभन्दा बढी एम्बुलेन्स परिचालन गरिएको ओडिसाको प्रमुख सचिव प्रदीप जेनाले बताएका छन् ।

उक्त घटना भारतमा भएका प्रमुख रेल दुर्घटनामध्येको एक भएको समाचारमा जनाइएको छ । स्थानीय अधिकारीहरूले मृतकको सङ्ख्या अझ बढ्न सक्ने बताएका छन् ।

घटनाको अनुसन्धान गर्न एक समिति गठन गरिएको छ । समितिले काम सुरु गरिसकेको केन्द्रीय रेल मन्त्री अश्विनी वैष्णव जानकारी दिएका छन् ।

ओडिसाका मुख्यमन्त्री नवीन पटनायकले रेल दुर्घटनापछि राज्य दिवस मनाउने कार्यक्रम रद्द गर्दै एक दिने राजकीय शोकको घोषणा गरेका छन् ।

प्रतिक्रिया