टुक्रे योजना कम गर्ने मन्त्री सिंहको प्रतिबद्धता

सुर्खेत । कर्णाली प्रदेश सरकारले ल्याउँदै गरेको आर्थिक वर्ष २०८०–०८१ को बजेटमाथी सुझाव दिनका लागि प्रि–बजेट छलफल कार्यक्रम सम्पन्न भएको छ ।

कर्णाली प्रदेशमा आर्थिक तथा नीतिगत विषयमा अध्ययन अनुसन्धान बहस तथा पैरवी गर्दै आइरहेको संस्था ऋति फाउण्डेसनले बुधबार वीरेन्द्रनगरमा उक्त प्रि–बजेट छलफल कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंह, कर्णाली प्रदेशसभा सदस्यहरु रणसिंह परियार र देवेन्द्रबहुर शाहीको सहभागिता रहेको थियो ।

कार्यक्रममा सरकारी कर्मचारी, नीजि क्षेत्र तथा गैरसरकारी निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरुले कर्णाली प्रदेश सरकारलाई आगामी बजेटका लागि सुझावहरुरु प्रदान गरेका छन् ।

सहभागीहरुले प्रदेश सरकारले तथ्यांक केन्द्र स्थापनाका लागि आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहलाइ सुझाव दिएका छन् । सहभागीहरुले कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा टुक्रे योजनाहरुलाई कम गर्नसमेत सुझाव दिए ।

उक्त छलफलमा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले प्रदेश सरकारले लगानी र उद्यमशीलताका लागि वातावरण सिर्जना गर्ने वजेट ल्याउन सुझाव दिए ।

कार्यक्रममा बोल्दै आर्थिक मामिला तथा योजना मन्त्री सिंहले छलफलबाट आएका सुझावहरु प्रदेश सरकारले आगामी बजेटका लागि कार्यान्वन गर्ने प्रतिबद्धता जनाए । उनले आगामी बजेटमा टुक्रे योजनाहरु कम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया