पाँचथर । फाल्गुनन्द गाउँपालिकामा आगलागी हुँदा करोडको क्षति भएको छ । आइतबार आगलागी हुँदा पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ का पञ्चबहादुर चेम्जोङको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
आगो भान्छाघरबाट सल्केको बताइएको छ । चेम्जोङको घरसँगै घरमै राखिएका तीनवटा मोटरसाइकल, एउटा स्कुटर कलेजका छन् । आगोले जलेर नगद, सुनचाँदी र अन्न जलेको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरले दिएको जानकारी अनुसार आगलागीमा ७ तोला सुन, ३० तोला चाँदी, ५ लाख रुपैयाँ नगद, अन्नपात लत्ताकपडा र घरभित्र रहेका सबै सामग्री जलेका छन् ।
घटनामा १ करोड ५० लाख रुपैयाँ क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपी हरि खतिवडाले जानकारी दिए । आइतबार मध्यरातमा भान्छाघरबाट आगो सल्किएको थियो । चेम्जोङ परिवारका सदस्यलाई नेपाल रेडक्रस सोसाइटी राँके उपशाखा र फाल्गुनन्द गाउँपालिकाले राहत तयारी गरिरहेको बताइएको छ ।
प्रतिक्रिया