अडिटर्सहरुलाई नेतृत्वमा पुग्ने बन्देज हटाउन माग, यस्ताे छ २१ बुंदे प्रस्ताव

काठमाडौं । नेपाल अडिटर्स एशोसिएसन (अडान) केन्द्रीय कार्य समितिको तेश्रो पूर्ण बैठक बिभिन्न प्रस्तद्धाव पारित गर्दै सम्पन्न भएको छ। बैठकले बिभिन्न निर्णयका साथै प्रस्तावहरु पनि पारित गरेको छ । बैठकले नेपाल अडिटर्स एशोसिएसन (अडान) र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) का बिचमा विभिन्न मितिमा भएका सम्झौताहरु कार्यान्वयनका लागि देशमा उत्पादित जनशक्तिले देशमै काम पाउने अवस्थानभई विदेशिने अहिलेको डरलाग्दो परिस्थितीले आगामीदिनमानिम्त्याउने समस्याहरु प्रति सचेत हुन यो बैठक नेपाल सरकार समक्ष माग गरेको छ ।


त्यस्तै विगत लामो समयदेखि भित्र–भित्रै चलिरहेको नेपाली नागरीकहरुलाई अनागरिक बनाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने कार्य जघन्य अपराधको रुपमा रहेको र राज्यको माथिल्लो तहमा रहेका राजनैतिकएवं प्रशासनिक क्षेत्रकाब्यक्तिहरु संलग्न भएकोले मुलुकको प्रतिष्ठामा नै गंभिर आघात परेकोले यस प्रकारको कार्यमा संलग्न जो कसैलाई कडाभन्दा कडा कारबाही गरी मुलुकमा आर्थिक शुसासन कायम गराउन यो बैठक ले अपिल गरेको छ।


प्रतिक्रिया