बिन्दवासनी गाउँपालिकाद्वारा पत्रकार महासंघ पर्सा शाखालाई १ लाख सहयोग

पर्सा । बिन्दवासनी गाउँपालिकाले नेपाल पत्रकार महासंघ पर्सा शाखाको भवन निर्माणमा एक लाख सहयोग गरेको छ । आईतबार बिन्दवासनी गाउपालिका अध्यक्ष प्रमोद तिवारीले महासंघका अध्यक्ष अनुप तिवारीलाई एक लाखको चेक हस्तान्तरण गरेका हुन् । सो अवसरमा बिन्दवासनी गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु साह,नेपाल पत्रकार महासंघका कोषाध्यक्ष संजिव मिश्राको उपस्थिति रहेको रहेको थियो ।

बिन्दवासनी गाउपालिका अध्यक्ष तिवारीले संचारकर्मीहरूको साझा संस्थाको पूर्वाधार तथा प्रविधीको विकासमा आफु सदैव सकारात्मक रहेको बताए । महासंघ पत्रकारहरूको संरक्षण ,दक्षता,र भौतिकपूर्धारको क्षेत्रमा राम्रोसँग काम गरेकोमा खुसी व्यक्त गर्दै अध्यक्ष तिवारीले आउदो बजेटमा पनि पत्रकार महासंघको लागि आवश्यक योजना छुट्याउने बताए।

नेपाल पत्रकार महासंघ पर्साको तेश्रो तल्ला निर्माणको क्रममा रहेको छ । त्यसैगरि भुई तल्लामा लाईब्रेरी, आधुनिक प्रविधियुक्त डेस्क तथा राउन्ड टेबल मिटिंग हलको निर्माण भईरहेको छ ।

प्रतिक्रिया