चरेस तस्करी गर्ने पक्राउ !

पर्सा । पर्साको कालिकामाई गाउँपालिका–१ फुलवरिया मुडली नहर बाटोबाट लागू औषध चरेससहित एक जना तस्करलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने तस्करमा कालिकामाई गाउँपालिका–१ बस्ने २१ वर्षीय अनिल पासवान रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका पासवानले फुलवरिया गाउँबाट भारतिय नम्बरको बिआर २२ एट ८४९८ पलाटिना मोटरसाइकलमा मुडली गाउँ तर्फ जाँदै गरेको अवस्थामा गुप्त सुचनाको अधारमा इलाका प्रहरी कार्यालय पोखरिया र आसवारीको सयुक्त टोलीले पक्राउ गरेको हो ।

सुचनाका आधारमा प्रहरी निरिक्षक मोहन बिक्रम केसीको कमान्डमा खटिएका प्रहरी टोलीले चेक जाँच गर्दा अवैध लागुऔषध चरेश आधा आधा किलो ग्रामका बीस वटा पैकेटमा रहेको चरेस १० किलोसहित तस्करलाई पक्राउ गरेको हो । मोटरसाइकलमा चरेस सहित पक्राउ परेका तस्करलाई इलाका प्रहरी कार्यालय पोखरियामा बुझाएको प्रहरीले जनाएको छ ।

उक्त सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रबक्ता एवं डिएसपी दिपक गिरीले जानकारी दिएका छन् ।

प्रतिक्रिया