कर्णालीको विकासका लागि चार सांसदहरु छलफलमा

सुर्खेत । कर्णाली प्रदेश सरकारका चार सांसदको महत्वपूर्ण भेटघाट तथा छफल भएको छ । कालिकोटका सांसद दुर्गबहादुर रावत, दैलेखका सांसद घनश्याम भण्डारी, जुम्लाका सांसद देवेन्द्र शाही र जाजरकोटका सांसद राजिव बिक्रम शाहको भेटबाटमा कर्णालीको विकासका लागि महत्वपूर्ण छलफल भएको हो ।

उक्त छलफलमा दैलेख र कालिकोटका अन्य नागरिकहरुको पनि सहभागिता रहेको थियो । छलफलमा माथिल्लो डुंगेश्वर, दुल्लु, डाडीमाडी, व्याउले, हाउडी हुँदै पान्तडी बिर्तामोडसम्मको सडकको स्तरोन्नति गर्ने तथा कर्णालीको उत्तर दक्षिण सडकको रुपमा विकास गरी बहुआयामिक सडक निर्माण गर्नुपर्ने विषयमा सकारात्मक छलफल भएको छ ।

यस विषयमा सांसदहरुले सदनमा बारम्बार आवाज उठाइरहेको बताए । मन्त्रालयले पनि पहल थालिरहेको उनीहरुको भनाइ । तर, यसलाई कर्णाली प्रदेशकै गौरवको आयोजनाका रुपमा विकास गर्न सबै क्षेत्रको साझा धारणाको विकास हुन जरुरि रहेको विद्यार्थी नेता भीमप्रसाद आचार्यले बताए ।

कर्णालीको प्राचीन कालदेखिको प्राचीन राजमार्ग, रेशमी मार्ग र व्यापारीक मार्ग, सतलज नदिको किनारदेखि बर्दियाको दानवताल, काक्रेबिहार, दुल्लु, हाउडिलेख, हुँदै रैकासाघु, सिजा, रारा, खोजेरनाथ गुम्वा, मानसरोवर हुँदै चिनको झियानझुन प्रान्त जोड्ने हाल कर्णाली प्रदेशकै अत्यन्त छोटो, ऐतिहासिक र प्रर्यटन राजमार्ग को रुपमा कर्णालीकै गौरवको आयोजनाका रुपमा लिने सांसदहरुले बताएका छन् ।

नेपाली भाषा, सिजा सभ्यता, खस ईतिहास र मानव सभ्यताको खोज र अनुसन्धान गर्ने खुला विश्वविद्यालय को मेरुदण्ड बनाउनुपर्नेमा जोड दिन आवश्यक रहेको पत्रकार खडानन्द अधिकारीले बताए । यस विषयलाई सांसदहरुले गम्भीर चासोका रुपमा लिएको बताएका छन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया