कोशी प्रदेश सरकारलाई बढुवाको मागसहित ज्ञापनपत्र

पाँचथर । कोशी प्रदेशका १३७ वटै स्थानीय तहका चौथो र पाँचौं तहमा कार्यरत एउटै विज्ञापनमा रहेका सम्पूर्ण कर्मचारीले तहगत बढुवा नभएको भनि प्रदेश सरकारको कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

शुक्रबार कोशी प्रदेश सरकारलाई १ हजार कर्मचारीको प्रतिनिधित्व गर्दै २०८०–२–१४ गते बस्ने प्रदेश सभाबाट संसोधनसहित पारित का लागि मुख्य सचिव, मुख्यमन्त्रीका स्वकीय सचिवलाई, कांग्रेस संसदीय दलका नेतासमेत मागसहित ज्ञापनपत्र बुझाइएको हो ।

प्रतिक्रिया