कालिकोट । आधारभूत पत्रकारीता तथा घटना अध्ययनसम्बन्धी तीनदिने तालिम सम्पन्न भएको छ । जिल्लाको खाँडाचक्र नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका र नरहरीनाथ गाउँपालिकाका नागरिक समाज तथा युवा, बालक्लवका सहभागिहरुलाई पत्रकारीतासम्बन्धी आधारभूत तालिम दिएको हो ।
स्थानीय तहसँगै जिल्लाका पत्रकार, नागरिक समाज, मानवअधिकार कर्मी तथा दलित अधिकारकर्मीहरुका लागि आधारभूत पत्रकारिता तथा घटना अध्ययनसम्बन्धी सुरु भएको थियो ।
मानवअधिकार, लोकतान्त्रीक नागरिक स्थान, सामाजिक न्याय, सामाजिक समानता तथा समाजमा जडागाडेर रहेका परम्परागत हानिकार अभ्यास एवं विभिन्न कुरिति कुसंस्कारविरुद्ध सामाजिक सञजाल तथा पत्रकारिताको क्षेत्रबाट सवाललाई उठान गर्ने कार्यक्रमको उद्देश्य रहेको दलित महिला संघ फेडो नेपालका कार्यक्रम संयोजक रमेश नेपालीले बताए ।
आधारभूत तालिमका प्रशिक्षक पत्रकार कालिबहादुर मल्लले पत्रकार, पत्रकारिता पत्रकारहरुको भूमिकाका विषयमा सहभागिहरुलाई प्रशिक्षण दिएका छन् । मल्ले पत्रकारितामा आवश्यक पर्ने आधारभूत लेखन सिप र घटना अध्ययन शैलीका आधारभूत मान्यताहरु र पत्रकारिताका आचारसंहिता, आचरणको बारेमा पनि सहभागिहरुलाई प्रष्ट पारेका छन् ।
नेपाल पत्रकार महासंघ कालिकोटका सचिव खडानन्द अधिकारीले समाजमा रहेका वर्तमान सवालहरुको एकिन गरी त्यसबारे सत्यतथ्य विषयहरुको उजागर गर्ने र रेडियो पत्रकारितामा आवश्यक पर्ने लेखन ,बाचन तथा उद्घोषणका विषयमा प्रशिक्षण दिएका छन् ।
नेपालमा नागरिक स्थान तथा मानवअधिकारको प्रत्याभूत गर्ने र सरोकारवाला निकाय तथा राज्यलाई खबदारी दिनको लागि नागरिक समाज, पत्रकार तथा अधिकारकर्मीहरु सक्षम हुनको लागि पत्रकारिताको माध्यामबाट लोकतान्त्रीक प्रणालीको प्रत्याभुत नागरिकले गर्ने सहभागिहरुले जोड दिएका छन् ।
तालिममा कालीकोट जिल्लाका खाँडाचक्र नगरपालीका, रास्कोट नगरपालीका, सान्नित्रिवेणी गाउँपालीका, नरहरीनाथ गाउँपालीका र जिल्लाका पत्रकार, मानव अधिकार कर्मि र नागरिक समाज गरी २५ जनाको तालिममा सहभागिता रहेको छ ।
युरोपियन युनियनको आर्थिक सहयोग, प्लान इन्टरनेश्नल नेपाल र दलित महिला संघ (फेडो) नेपालको साझेदारीमा सञ्चालित हाम्रो आवाज हाम्रो रोजाइ परियोजनाअन्तर्गत तीनदिने तालिमको आयोजना गरिएको थियो ।
दलित महिला संघ कालीकोटका अध्यक्ष हजा सुनारको अध्यक्षता भएको तालिममा बोल्दै हजार सुनारले पत्रकारितासम्बन्धी तालिम महत्वपूर्ण रहेको भन्दै समाजमा रहेका विभिन्न कुपर्थाहरुलाई न्यूनिकरण गर्नतिर सबै नागरिक समाज तथा पत्रकारहरुले भूमिका खेल्नुपर्ने बताइन् ।
कालिकाेट
प्रतिक्रिया