बझाङ । बझाङ जिल्लाको केदारस्यु गाउँपालिकाको कार्यपालिका बैठकमा वडाध्यक्षमाथि अभद्र व्यवहार भएको छ । बुधबार बसेको कार्यपालिका बैठकमा केदारस्यु गाउँपालिका– ६ का वडाध्यक्ष विजय धामीमाथि अभद्र व्यवहार भएको हो ।
कार्यपालिका बैठक विकास निर्माणसम्बन्धी सकरात्मक तथा सही सुझाव राख्दा गाँउपालिकाका अध्यक्ष गणेश बोहरा, उपाध्यक्ष मनिषा धामी र प्रवक्ता तस्विर विकले बैठक चलिरहेकै बेला आफू माथि गालीगलोज गरी आफ्नो मोबाइल समेत खोसेको वडाध्यक्ष धामीले बताए ।
बैठकमा एक वर्ष कार्यकालको अनुभव र विकास निर्माणसम्बन्धी सम्पूर्ण जनप्रतिनिधिहरु तथा सरोकारवालाहरुसँग छलफल भएको थियो ।
पालिकाको कृषि, भेटनरी, महिला, दलित तथा अपांगको लक्षित बजेटमा पालिका अध्यक्ष गणेश बोहरा, उपाध्यक्ष मनिषा धामी र तस्विर विकले आफ्ना पार्टीका निकट कार्यकर्ताहरुलाई मनपरी ढंगले रकम वितरण गरेकोबारे आवाज उठाउँदा आफूमाथि जिम्मेवार व्यक्तिले अभद्र व्यवहार गरी मोबाईल समेत खोसेको वडाध्यक्ष धामीको भनाइ छ ।
उक्त घटनाबारे प्रमुख जिल्ला अधिकारीलाई पनि निवेदन दिने तयारीमा रहेको उनले बताए । बुधबार पालिकामा भएको घटनाबारे गाउँपालिका अध्यक्ष गणेश बोहरासँग कुरा बुझ्न खोज्दा बोहराले मोबाईल फोनको आगमन कल बन्द गरेका छन् भने गाँउपालिका प्रवक्ता तस्विर विकले मोबाईल नै बन्द गरेका छन् ।
त्यस्तै पालिकाका प्रमुख प्रशासकिय अधिकृत पदमराज जोशीलाई बुझ्दा आफू बाटोमा भएकाले यसबारे पछि बोल्छु भनेका थिए ।
वडाध्यक्ष धामीले गाउँपालिकाको विकास निर्माण वडाका गतिविधि र बैठकमा हुने गरेका कामहरुलगायतनिर्णयहरु जनस्तरसम्म सूचना प्रवाह गर्दै आएका थिए ।
बझाङ
प्रतिक्रिया