खाँडाचक्रमा गमला निर्माणसमबन्धी तालिम सुरु

कालिकोट । खाँडाचक्र नगरपालिका– ३ को ताडीमा गमला निर्माणसम्बन्धी तालिम सुरु भएको छ । ‘स्वदेशी उत्पादनको उपभोग गरौँ, आफै तालिम सिकेर सिकाई स्वरोजगार बनौँ’ भन्ने मुलनाराका साथ गमला निर्माणसम्बन्धिको तालिम सुरु भएको हो ।

गमला निर्माण तालिममा खाँडाचक्र नगरपालिका– ३ का २० जना महिला तथा किशोरीहरुको सहभागिता रहेको छ । पहिलो चरणमा गमला निर्माण गर्न सिकेर खाँडाचक्र नगरपालिकामा सजावट गर्ने र त्यसपछि निर्माण गरेका गमला विक्री वितरण गरी व्यवसायीक रुपमा लाग्ने उद्यम विकास सहजकर्ता सुनीता पाण्डेले बताइन् ।

पाण्डेले सातदिने तालिममा नतमस्तक भएर महिला तथा किशोरीहरुले ध्यान दिई सिप सिक्ने र आत्मनिर्भर बन्ने उदेश्य रहेको बताइन् । उद्यम विकास सहजकर्ता सरिता पाण्डेले गमला निर्माणका लागि कच्चा पदार्थका लागि अस्पतालमा प्रयोग भएका र प्रयोगविहिन एक्सरे पेपर, काँचको बोतल, काँचो कपडा, धागोलगायतका अन्य कच्चा पदार्थ गमला निर्माणमा प्रयोग हुने बताइन् ।

नेपाल पत्रकार महासंघ कालिकोटका सचिव खडानन्द अधिकारीले गमला निर्माणसम्बन्धी तालिम खाँडाचक्र– ३ मा हुँदा नयाँ कामको थालनी भएको बताए । अधिकारीले गमला निर्माण गरेर बजार क्षेत्रमा विक्री गरी आर्थिक जोह हुने अपेक्षित लक्ष्य रहेको बताए ।

खाँडाचक्र नगरपालिकाका प्रशासन प्रमुख अविराज शाहीले सिप सिकेर प्रयोगमा ल्याउनुपर्नेमा जोड दिए । सिपको दिगोपना गरी जिवनमा उदाहरणीय काम गर्न उनले सुझाव दिए । साथै, उनले यस्ता कार्यक्रम आगामी दिनमा सञ्चालन गर्नका लागि नगरपालिकाको तर्फबाट सहयोग गर्ने बताए ।

खाँडाचक्र नगरपालिका– ३ का वडा सचिव भीमप्रसाद पाण्डेले नगरपालिकाका ११ वटै वडामध्ये वडा नम्बर ३ मा गमला निर्माण तालिम हुनु गौरवपूर्ण रहेको बताए । गमला निर्माण तालिमका सहभागिहरुले सिप सिकेर आत्मनिर्भर बन्ने अपेक्षा रहेको पाण्डेले बताए ।

त्यसैगरी खाँडाचक्र नगरपािलकाका– ३ का वडाध्यक्ष ददिराम पाण्डेले गमला निर्माण गरिसकेपछि बजारीकरणका लागि पहल गर्ने बताउँदै वडा कार्यालयबाट हुने र गर्न सक्ने सहयोग सधैँभरी गर्ने प्रतिबद्धता जनाए ।

पाण्डेले सिप विकाससम्बन्धिका अन्य क्रियालापहरु सञ्चालनका लागि नगरपालिका तथा अन्य निकायसँग सहयोग सहकार्य गर्दै वडाबासीहरुको जिवनस्तर सुधार गर्न लाग्ने पनि बताए । उद्योग विकास शाखा खाँडाचक्र नगरपािलकाको आर्थिक सहयोग तथा खाँडाचक्र नगरपालिका– ३ को आयोजनामा कार्यक्रम भएको हो ।

खाँडाचक्र नगरपालिका– ३ का वडा अध्यक्ष ददिराम पाण्डेको अध्यक्षता,खाँडाचक्र नगरपालिकाका प्रशासन प्रमुख अविराज शाहीको प्रमुख आथित्यता तथा पत्रकार महासंघ कालिकोटका सचिव खडानन्द अधिकारीको विशेष आथित्यतामा कार्यक्रम भएको थियो ।

७ दिने तालिममा उर्मिला शाहीले प्रशिक्षण दिनेछन् । तालिममा व्यवस्थापक तिलक चौलागाँई, वडा कार्यालयका कर्मचारी तथा किशोरी र महिला समूहको सहभागिता रहेको थियो ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया