पाँचथरमा ट्याक्टरले किचेर विद्यालय हिँडेका दुई बालिकाको मृत्यु

पाँचथर । जिल्लाको हिलिहाङ गाउँपालिका– ७ स्थित मेची राजमार्गमा आज (बुधबार) बिहान ट्याक्टरले किचेर दुई बालिकाको मृत्यु भएको छ।

उक्त ट्याक्टरमा चढेर विद्यालय गइरहेका दुई विद्यार्थी बालिकाको सोही ट्याक्टरले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी मिलन थापाले जानकारी दिए । मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ गाँउपालीको भारपामा मे १ त २९६१ नम्बरको ट्याक्टरले किचेर दुई बालीकाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी थापाका अनुसार १३ वर्षीया पुजना सुवेदी र ९ वर्षीया गंगा सुवेदीको मृत्यु भएको हो ।

ट्याक्टर चालक सिटको छेउमा रहेका दुई विद्यार्थी ट्याक्टरबाट झरेपछि ट्याक्टरले किचेर मृत्यु भएको प्रहरीले जनाएकोछ । मृतक बालिका जय भवानी आधारभूत विद्यालयमा अध्ययनरत थिए ।

दुई विद्यार्थीको मृत्यु भएपछि चालक भग्दा ट्याक्टर दुर्घटना भइ डालीमा बालुवामाथि बसेका दुई जना विद्यार्थी घाईते भएका छन् । घाइतेको पाँचथर जिल्ला अस्पतालमा पाँचथरमा उपचार भइरहेको छ । विद्यालय जानेक्रममा ट्याक्टरमा ११ जना विद्यार्थी चढेका थिए । ट्याक्टरका चालक र सहचालक भने फरार रहेका छन् ।

प्रतिक्रिया