मध्यरातमा सहकारी लुट्ने गिरोह पक्राउ

काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेले सहकारी चोरी गरेर भाग्ने गिरोहलाई पक्राउ गरेको छ । पनौती नगरपालिका वडा नम्बर ४ मा रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड लुटपाटमा चोरीमा संलग्न भएको आरोपमा चार जना लाई पक्राउ गरिएको छ । सहकारी चोरी भागेका चार जना लाई मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजानिक गरिएको छ ।

पक्राउ परेको चारै जना मकवानपुर जिल्लाका रहेको उनिहरुलाई काठमाण्डौ र मकवानपुर जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी भाग्येन्द्रपुरुष ढकालले पत्रकार सम्मेलनमा जानकारी दिए ।

पक्राउ पर्नेमा मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ का २४ बर्षीय अमृत थिङ, २९ वर्षीय गम्भीर भनिने सोमलाल थिङ र वडा नम्बर ५ फाखेलका ३० बर्षीय अशोक रुम्बा र ३५ बर्षीय अकुबर लामा रहेका प्रहरीले जनाएको छ ।

चोरीमा सग्लन ६ जना रहेको मध्ये ४ जनालाई पक्राउ गर्न सफल भईएको र बाकी २ जवनाको खोजि कार्य भएको एसपी ढकालले जानकारी दिए ।अमृत र सोमलाल लाई काठमाण्डौको चन्द्रगिरी नगरपालिका स्याङजाली चोक बाट पक्राउ परेको अन्य दुई अशोक र अकुबरलाई मकवानपुरको फाखेल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट नगद ५ लाख ४५ हजार रुपैयाँ, एक थान भरुवा बन्दुक र सहकारी चोरी गर्दा प्रयोग भएका फलामको बिभिन्न सामग्री बरामद भएको जिल्ला प्रहरी प्रमुख एसपी ढकालले जानकारी दिए ।

५–६ जनाको समुहमा आएका उनिहरुले पिपिइ ड्रेस र मुख्खमा माक्स लगाई सहकारी भित्र सुरक्षार्थ खटिएका गार्डलाई एक्कासी नियन्त्रणमा लिई सहकारी भित्र रहेको भल्ट फुटाई सो भल्ट भित्र रहेको रकम चोरी गरिएको प्रहरी अनुसन्धानमा खुलेको जनाएको छ ।

गत वैशाख १९ गते राति १ बजेर २० मिनेट जाँदा सहकारीका सुरक्षा गार्डलाई नियन्त्रणमा लिएर उनीहरुले लुटपात गरेका थिए । पक्राउ गरिएका चार जनालाई सम्मानित जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि थप अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

सहकारीबाट ३२ लाख ३१ हजार सात सय ४५ रुपैया नगद चोरी गरी फरार रहेका उनीहरु जिल्ला प्रहरी कार्यालय काभ्रे र मकवानपुर प्रहरीको सक्रियतामा पक्राउ गरिएको छ ।

सहकारीमा चोरीमा संलग्नहरुको खोजीका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी ढुण्डीराज न्यौपाने र ईलाका प्रहरी कार्यालय बनेपाका डिएसपी रेशम बोहरा नेतृत्वको टोली परिचालण गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रतिक्रिया