मुगु । मुगुमा खेलमैदान नहुदाँ मुगुका खेलाडी समस्यामा परेका छन् । जिल्लाभर कुन ैपनि स्थानमा खेलमैदान नहुँदा मुगुका खेलाडी आक्रान्त् बनेका छन् ।
खेलमैदान नहुँदा वर्षौँदेखि समस्यामा खेल खेल्दै आएका मुगुका खेलाडीले मंगलबार मुगु सदरमुकाम गमगढी बजारमा खेल मैदानको माग गर्दै विकासका लागि युवाहरुले दबाबमूलक कार्यक्रम आयोजना गरेका छन् । रेडपाण्डा युथ क्लवको आयोजनामा गमगढीमा सुविधासम्पन्न खेल मैदानको माग गर्दै खेलाडीहरुले दबाबमूलक शान्तिपूर्ण र्याली निकालेका छन् ।
खेलमैदानलगायत अन्य खुल्ला मैदान नहुँदा जिल्लामा हुने सार्वजनिक कार्यक्रमहरु आमसभा, दिवस उत्सव, खेल प्रतियोगिताहरु सदरमुकाम गमगढीमा रहेको महाकाली नमुना माद्यामिक विद्यालय बन्द गराएर खेल लगायतका अन्य कार्यक्रम हुने गरेका छन् ।
खेलमैदान अभावले विद्यालय बन्द गराई त्यहाँ कार्यक्रम गर्दा विद्यालयमा अध्ययनरत विधार्थीहरुले अहिलेसम्म कहिल्यै पनि पूर्ण कक्षा पाउन सकिरहेका छैनन् ।
विद्यालयमा नियमित अध्यापनमा बाधा हुने र इच्छाशक्ति भएका विभिन्न खेलाडीहरुले नियमित अभ्यास गर्न नपाउँदा जिल्ला तथा राष्ट्रले दक्ष खेलाडी गुमाइरहेकाले विगतमा जे जसरी बिते पनि आगामी दिनमा सुविधासम्पन्न खेल मैदान बनाउन स्थानीय, प्रदेश र संघीय सरकारको ध्यान जाओस् भनेर शान्तिपूर्ण दबाबमूलक कार्यक्रमको आयोजना गरेको रेडपाण्डा युथ क्लव मुगुका कावा अध्यक्ष नविनकुमार मल्लले बताए । उनले भने, ‘ हामी युवाहरुले कतिचोटी पार्टीका झण्डा बोकेर विभिन्न आन्दोलनमा सहभागी भयाैँ, कतिचोटी भोट पनि हाल्यौँ, कति जनाले जिते पनि, तर सार्वजनिक सरोकारको विषय रहेको त्यसमा पनि प्रत्यक्ष युवासँग सम्बन्धित रहेको खेल मैदान बनाउनतिर नेता तथा पाटीहरुको कहिल्यै ध्यान गएन, अब हामी युवाले पार्टी तथा नेताहरुको उदेश्य बुझिसकेका छाैँ, हामी अब कसैको मोहोरा बन्दैनौँ र कसैको ललिपपमा लालाहित हुँदैनौँ, अब जसले युवाको माग सम्बोधन गर्छ, आगामी दिनमा हाम्रो साथ सपोर्ट उही पार्टी, उहि व्यक्तिलाई हुनेछ ।’
विश्वले विकासमा नयाँ–नयाँ मोडल सोचेर फड्को मारिरहँदा मुगु जिल्लाभरीमा एक सुविधासम्पन्न खेल मैदान नहुनु अहिलेसम्मका नेतृत्व, यहाँ आउने प्रसाशक तथा कार्यालय प्रमुखहरुको लागि लाजको विषय भएको उनले बताए । युवाहरुको मागमा आफ्नो एक्यबद्धता जनाउँदै नागरिक समाज मुगुका अध्यक्ष रुपबहादुर मल्लले प्रदेश सरकारबाट सामाजिक विकास कार्यालयमा खेल मैदान निमार्णका लागी वर्षेनी करोड बढी रकम आउने गरे पनि जग्गा उपलब्ध नहुँदा सधैँ र्फिज जाने गरेको भन्दै अब स्थानीय सरकार छायाँनाथ रारा नगरपालिकाले खेल मैदानका लागी जमिन खरिद गर्नु पर्ने खेल मैदान कणाली प्रदेश सरकारले बनाउनुपर्ने र अन्य भौतिक संरचना बनाउन संघीय सरकारको ध्यान जानुपर्ने माग गरे ।
आफ्ना जनमुखि, युवामुखि जिल्लाका लागि अति आवश्यक रहेको खेल मैदान निर्माणको मागमाथि तीनै तहका सरकारहरुले ध्यान नदिए मुगाली युवाहरुले आगामी दिनमा अझ कडाभन्दा कडा आन्दोलनका कार्यक्रमहरु गर्ने पनि रेडपाण्डा युथ क्लवले जनाएको छ ।
खेल मैदान नहँुदा मुगाली युवाहरु विभिन्न खेलहरु घरका आँगनमा, खेत गरा तथा खोला नदिका बगरमा खेलेर मनोरञ्जन लिने गर्दै आएका छन् । सरकारले एक स्थानीय तह एक खेल मैदानको अवधारणा लिए पनि मुगुका चार वटै स्थानीय तहमा कतै खेल मैदान बनाइएको छैन ।
युवाहरु दुव्र्यसन, विभिन्न कुलतहरुमा फस्नु, आपराधिक किृयाकलापमा सहभागी र संलग्नु हुनु पनि भुल्ने, व्यस्त हुने ठाँउ नहुनु पनि भएकाले जिल्लामा सुविधा सम्पन्न खेल मैदान बनाएमा युवाहरुमा सकारात्मक सोचको विकास हुने रेडपाण्डा युथ कल्वका फुटबल खेलाडी विशाल मल्लले बताए ।
युवाहरु सार्वजनिक महत्वका विषयमा चासो दिएर खुल्नुलाई स्थानीयहरुले सकारात्मक रुपमा लिएका छन् भने अब युवाहरुले केही गर्छन् की भनेर सबैले आश गरेका छन् ।
खेलमैदानको मागसहित दबाबमूलक कार्यक्रम गरेको रेडपाण्डा युथ कल्वले छायाँनाथ रारा नगरपालिका र जिल्ला प्रशाससन कार्यालयमार्फत प्रदेश तथा संघीय सरकारलाई ध्यानर्कषण पत्रसहित मुगुको खेलमैदानको समस्या दर्शाउदै ध्यानर्कषण गराएको रेडपाण्डा युथ कल्वले जनाएको छ ।
मुगु
प्रतिक्रिया