दैलेख । दैलेखमा चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन् ।
डुंगेश्वर गाउँपालिका–२ लाँकुरीमा गए राति सुतिरहेका बेला चट्याङ लागेर २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विक घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख किशोर लम्सालले जानकारी दिए ।
घाइते चारै जनाको दैलेख अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको राति नै उद्धार गरिएको थियो । चारै जना खतरामुक्त रहेको दैलेख अस्पतालका प्रमुख डा. धर्मराज रेग्मीले बताए ।
प्रतिक्रिया