राष्ट्रिय युवा संघ पाँचथरको खुल्ला रक्तदान

पाँचथर । फिदिममा आज राष्ट्रिय युवा संघ नेपाल पाँचथरले खुल्ला रक्तदान गरेको छ । सोमबार राष्ट्रिय युवा संघ नेपालको ३४औँ स्थापना दिवस मनाउँदै रक्तदान गरेको हो ।

रक्तदानमा कार्यक्रममा सहभागिमध्ये रतग दिनेमा ७ जना थिए । सोही अवसरमा युवा संघ नेपालले फिदिम बजार गणतन्त्र चोकमा साँझ दिप प्रज्वलन गर्ने भएको छ ।

उक्त स्थापना दिवसको अवसरमा दिप प्रज्वलन गर्न लागिएको राष्ट्रिय युवा संघ नेपाल जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य कमल थपलियाले जानकारी दिए ।

प्रतिक्रिया