पाँचथर । फाल्गुनन्द गाउँपालिका–१ लाक्सेबुङका ३२ वर्षीय मनकुमार नेम्वाङको घरमा आगलागी हुँदा उनको जलेर मृत्यु भएको छ । बिहीबार दिउँसो जंगलमा लागेको आगोको झिल्को सल्किएर घरमा आगलागी भएको हो ।
नेम्वाङ अपांगता भइ हातखुट्टा नचल्ने अवस्थामा भएकाले बसेकै ठाउँमा जलेर उनको मृत्यु भएको डिएसपी हरि खतिवडाले जानकारी दिए ।
आगो निभाउन नवमी डाँडा प्रहरी चौकीका प्रहरी, स्थानीय भएर प्रयास गरे पनि घर जलेर नष्ट भएको छ । आगलागीमा परेका नेम्वाङको जलेर बिहीबार दिउँसो ३ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया