बरियारपट्टीमा रितपूर्वक कर विजक पेश नगरी लाखाैँ निकासा

लहान । सिरहाकाे बरियारपट्टी गाउँपालिकामा मुअक कर विजक पेश नगरी लाखाैँ रकम निकासा गरिएकाे भेटिएकाे छ । आर्थिक बर्ष २०७५/२०७६ मा कर विजक पेश नगरी लाखाैँ रूपैयाँ निकासा गरेकाे पाईएकाे हाे ।

महालेखापरीक्षककाे कार्यालयले सार्वजानिक खरीद नियमावली २०६४ काे नियम ९७ (४) बमाेजिम सार्वजानिक निकायले उपभाेक्ता समितीबाट काम गराउने प्रायाेजनका लागि लागत अनुमान तयार गर्दा १५ प्रतिशत ओभरहेड र मुल्यअभिबृद्वी कर समाबेश नगरी तयार गर्नुपर्नेब्यवस्था रहेकाे छ । सार्वजानिक लागत अनुमान तयार गर्दा मु.अ. कर लाग्ने निर्माण सामाग्रीकाे हकमा मुअ कर समेत समाबेश गरेकाे छ ।

त्यस कारण महालेखापरीक्षककाे कार्यालयले मुअ कर भुक्तानि गर्न नमिल्ने १ लाख ११ हजार २ सय ७२ फिर्ता गर्न भनेकाे छ । त्यस्तै , मुअ कर नियमावली २०५३ काे नियम १७ ( १ ) अनुसार मुल्यअभिबृद्वी करमा दर्ता भएकाे ब्यक्तीले कुनै बस्तु या सेवाकाे आपुर्ती गर्दा कर अधिकृतले अन्यथा स्वीकृत गरेदेखी बाहेक प्रापकलाई अनुसुची ५ बमाेजिम ढाँचामा कर विजक जारी गर्नुपर्ने ब्वस्था भए पनि यश गाउँपालिकाले करविजकमा हातले नम्बर राखेर, केरमेट गरेकाे करविजकका आधारमा ७ लाख ५४ हजार ५ सय ६२ रूपैयाँ भुक्तानि गरेकाले साे रकम फिर्ता गर्न महालेखाले ताकेता गरेकाे छ । यसबारे अख्तियारमा उजुरी परेपनि कारवाही अघि नबढेकाे स्थानीयले बताएका छन् ।

प्रतिक्रिया