खाँडाचक्र ८ काे चादरगाउँमा भ्यालु भाैचर बितरण

कालीकाेट । खाँडाचक्र नगरपालिका वडा नं. ८ का ५७ घरधुरिमा भ्यालु भौचर वितरण गरिएको छ । भ्यालु भौचर मार्फत एक परिवारलाई ११ हजार,१ सय रुपैया बराबरको खाद्यन्नका सामाग्रीहरु वितरण गरिएको छ । मर्सिकोरकाे आर्थिक सहयोग तथा हुरेन्डेक नेपाल कालीकोटको सहजिकरणमा संचालित भकारी कार्यक्रम मार्फत भ्यालु भाैचर बितरण गरिएकाे जिल्ला संयाेजक शुक्रराज पाैडेलले जानकारी दिए । कालीकोटका स्थानीय तहमा रहेका अतिविपन्न,गरिब तथा मासिक ५ हजार भन्दा कम आयश्रोत हुने परिवारका सदस्यहरु छनौट गरी भ्यालु भौचर वितरण गरिएको परियाेजना संयाेजक धुब्र सुनारले बताए ।

खाँडाचक्र नगरपालिका वडा नं. ८ का ५७ जनालाई बिहिवार भ्यालु भौचर वितरण गरिएको हो । ११ हजार १ सय रकम बराबरको आवश्यक खाद्यन्न उनिहरुको माग अनुसार मगाइएको हुरेन्डेक नेपाल कालीकोटका उपाध्यक्ष बिरेन्द्र बहादुर बुढाले बताएका छन् । बुढाका अनुसार जिल्लाका अन्य स्थानीय तहमा पनी नागरिकहरुको सल्ला सुझाव अनुसार आवश्यक सामाग्री खरिद गर्दै भ्यालु भाैचर मार्फत राहतका समान दिदै आएकाे र दिने बताएका छन् ।

अति विपन्न,गरिब तथा अपांग असाय र एकल महिलाहरुका लागि भकारी कार्यक्रमले राहत स्वरुप विभिन्न समयमा सहयोग गदै आएको प्रशासन तथा लेखा अधिकृत दिपेन्द्र बढुवालकाे भनाई छ । लेखा अधिकृत बढुवालका अनुसार ६ लाख,३२ हजार,७ सय बराबरकाे राहत बितरण गरिएकाे छ ।

राहतका सामान लिन आएका नागरिकहरु हर्षित देखिएका छन् । याे राहतले ३/४ महिना सम्म खान पुग्ने बताउदै आगामि दिनमा सहयाेगकाे अपेक्षा राखेकाे नागरिककाे भनाई छ । स्थानीय सरकारका जनप्रतिनिधिले सहयोगी निकायहरुलाई काममा अप्ठारो नपर्ने गरी काम गर्ने र सधैभरी साझेदार संस्थाहरुलाई साथमा लिएर स्थानीय तहका कामकाज गर्ने बताउदै छन ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया