बझाङमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बझाङ । बझाङमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत बित्थडचिर गाउँपालिका ६ को चिसापानी भन्ने ठाँउमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हाे ।

देउलेखबाट सुनकुडा तर्फ गइरहेकाे देउलेख प्राथमिक स्वास्थ्य चौकीको सु.प.प्र ०१–०११ झ ३६१ नम्बरको एम्बुलेन्स र से ५ च २४२० नम्बरको मोटरसाइकल उच्छिन्ने क्रममा दुर्घटना हुँदा मोटरसाइकल चालक २२ वर्षीय गोविन्द महरको मृत्यु भएको जिल्ल प्रहरी कार्यालय बझाङले जनाएको छ ।

उक्त एम्बुलेन्स देउलेख प्राथामिक स्वास्थ्य केन्द्रको रहेको प्रहरीले जनाएको छ । एम्बुलेन्स चालक स्थानीय ४५ वर्षीय हर्क ढाँटलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया