बझाङ । बझाङमा पनि हिमपहिरोमा पुरिएर एक महिला बेपत्ता भएकी छन् । यार्सागुम्बा टिप्न गएकी जिल्लाको सुर्मा गाउँपालिका– १ कि ३३ वर्षीया झल्लादेवी बोहरा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार सोमबार राति सुर्मा गाउँपालिका–१ मा हिमपहिरो जाँदा बोहरा पुरिएर बेपत्ता भएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी जागेश्वर भण्डारीले जानकारी दिए ।
उनको खोजीका लागि प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।
बझाङ
प्रतिक्रिया