नेपाल निजामती कर्मचारी संगठनको वनभोज

कालिकोट । ‘संघीयतामा सुशासन, सामाजिक सुरक्षा र श्रमको सम्मान, राजनैतिक अधिकार सहितको ट्रेड युनियन हाम्रो अभियान’ भन्ने मुल नाराकासाथ नेपाल निजामती कर्मचारी संगठनको बृहत् वनभोज कार्यक्रम सम्पन्न भएको छ ।श्रम दिवसको अवसरमा वनभोजको आयोजना गरिएको हो ।

कालिकोट जिल्लाको वनभोजस्थल तालाखोडमा गर्ने भनेको वनभोज कार्यक्रम मौसममा आएको खराबीका कारण होटल सनलाईटमा गरिएको हो । नेपाल निजामती कर्मचारी संगठन कालिकोटको आयोजनामा वनभोज कार्यक्रम गरिएको थियो ।

नेपाल निजामती कर्मचारी संगठन कालिकोटका अध्यक्ष भक्तिप्रसाद पाण्डेको अध्यक्षता, नेपाल कम्युनिष्ट पार्टी एमाले कालिकोटका अध्यक्ष जसिप्रसाद पाण्डेको प्रमुख आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी जोरासिंह माझी, प्रहरी निरिक्षक सुवराज बमको विशेष आतिथ्यतामा कार्यक्रम भएको थियो ।

नेपाल निजामती कर्मचारी संगठनले ३३औँ वसन्त पार गरिसकेको छ । नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध सम्पूर्ण कर्मचारी तथा अन्य संगठनका कर्मचारीहरु, जिल्लास्थित सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख प्रतिनिधि, कालिकोट जिल्लास्थित सञ्चार माध्यम तथा पत्रपत्रिकामा कार्यरत पत्रकारलगायतका अन्य सरोकारवालाहरुको उपस्थितिमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरुले नेपाल निजामती कर्मचारी संगठनलाई विशेष धन्यवाद दिँदै आगामी दिनमा यस संगठनले सक्रिय भएर कर्मचारीहरुको हकहितका क्षेत्रमा काम गरोस् भन्दै शुभकामना दिएका थिए ।

संघीयतामा सुशासन, सामाजिक सुरक्षा र श्रमको सम्मान गर्दै यसपछि सिंगो राज्यको विकासका लागि यस संगठनमा आवद्ध कर्मचारीहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्ने अतिथिहरुले बताए । कार्यक्रमको सञ्चालन लक्ष्मणबहादुर शाहीले गरेका थिए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया