कालीकोट । संविधान अनुसार महिलाकाे प्रतिनिधित्व हुन नसकेकाे राष्ट्रिय महिला आयाेगकि सदस्य कृष्नाकुमारी खतिवडा बताएकी छन् । नेपाल पत्रकार महासंघ कालिकाेट शाखाले आयाेजना गरेकाे पत्रकार भेटघाट कार्यक्रममा उनले यस्ताे बताईएकी हुन् ।
राष्ट्रिय महिला आयाेगकी सदस्य कृष्नाकुमारी खतिवडाले नेपालकाे संविधान अनुसार राज्यकाे हरेक क्षेत्रमा महिलाको सहभागिता अझै हुन नसकेकाे बताएकी हुन् । आइतबार सदरमुकाम मान्ममा पत्रकार, नागरिक समाज तथा जनप्रतिनिधिहरूसंगकाे भेटघाटमा खतिवडाले यस्ताे बताएकी हुन् ।
अशिक्षा, अज्ञान्ता र गरिबीकै कारण महिला हिंसा कर्णाली र सुदुरमा बढिनै रहेकाे बताइन । छाउपडि, बाल विवाह परम्पम्परागत हानिकारक अभ्यासमा कमि नआएकाे र अन्धविश्वासले गर्दा महिला हिंसा बढेकाे बताइन् ।
यस्तै खतिवडाले यसकाे समाधानका लागि आफू कर्णालीमा वुझ्न आएकाे बताइन् । उनले भनिन्, ‘नेपालकाे हरेक राजनिती घटनाक्रममा महिलाकाे सहभागिता छ । एक स्थानीय तहमा प्रमुख वा उपप्रमुख अनिवार्य महिला हुनु पर्ने छ । तर, एकसय ६९ स्थानीय तहमा महिला छैनन्, पुरूष रहेका छन् ।’
अँझै एक सय ९१ वटा न्यायिक समिति छन तिनी अझै अधिकारविहिन रहेकाे खतिवडाले बताएकी छन् । राज्यले बनाएकाे संविधानमा महिलाकाे ३३ प्रतिशत पनि प्रतिनिधित्व छैन्, जनसंख्याकाे आधारमा महिलाकाे अधिकार छुटाउन पर्ने बताइन ।
महिला अधिकारका सवालमा स्थानीय सरकारले पनि ऐन कानुन बनायर काम गर्ने पनि सुझाव दिइन् । भेटघाट कार्यक्रम नेपाल पत्रकार महासंघ कालिकोटले समन्वय र सहजिकरण गरेकाे थियाे ।
कार्यक्रममा नरहरीनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र बिष्ट, महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंह, प्रमुख जिल्ला अधिकारी जाेरासिंह माझी, नेपाल पत्रकार महासंघ कालिकाेटका अध्यक्ष भरतराज बिष्ट, नेपाल बारका अध्यक्ष अम्मलराज शाही लगायतका सराेकारवाला र पत्रकारहरूकाे सहभागीता रहेकाे थियाे ।
कालिकाेट
प्रतिक्रिया