पाँचथर । फिदिममा शनिबार पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पहिचानवादीहरूले कालो झण्डा देखाउँदै नाराबाजी गरेका छन् । ओलीसँगै एमाले उपाध्यक्ष सुभासचन्द्र नेम्वाङ समेत रहेका थिए । कोशी प्रदेशको नामाकरण खारेजीकाे मागसहित पहिचानवादीहरूकाे समुहले नाराबाजी गरेकाे थियाे । ओली गृह जिल्ला तेह्रथुम आठराई पुगेर फिदिममा आएकाे समयमा पहिचानको नाम समेटिएर प्रदेश १ काे नामाकरण हुनु पर्ने भन्दै नाराबाजी गरेका थिए ।
पहिचानवादी मोर्चाहरुले शुक्रबार साँझ फिदिम बजारमा राके जुलुस निकालेर कोशी प्रदेशकाे बिरोध जनाए । प्रदर्शनकारीहरूले ओलीलाई फिदिमबाट इलाम जाने क्रममा बाटोमा छेकेर अबरुद्ध गर्न लागेका थिए । बिरोधलाई रोक्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
प्रतिक्रिया