चितवनमा एमालेलाई सुरुवाती अग्रता, रास्वपा दोस्रो स्थानमा

चितवन । चितवन क्षेत्र नम्बर २ को सुरुवाती गणनामा एमालेले अग्रता लिएको छ ।

इच्छाकामना– १ को मतगणनाको सुरुवातमा एमालेका रामप्रसाद न्यौपानेले ३६७, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ३१९ र नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले २४४ मत ल्याएका छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ८ र राष्ट्रिय जनमोर्चाले चार मत ल्याएका छन् । गत मंसिर ४ को निर्वनचनमा सो ठाउँमा लामिछानेलाई निकै कम मत आएको थियो । अहिले सुरूआतमै लामिछाने एमाले उम्मेदवारभन्दा ४८ मतले मात्र पछाडि छन् ।

प्रतिक्रिया