प्युठानको मल्लरानीमा खाना महोत्सव सुरु (फोटो फिचर)

प्युठान । प्युठान जिल्लाको पर्यटकीय क्षेत्र मल्लरानी डाडामा खाना महोत्सव (फुड फेस्टिबल) सुरु भएको छ ।

मल्लरानी गाउँपालिका– ४, मल्लरानी डाडामा बिहीबारदेखि खाना महोत्सव सुरु गरिएको आयोजकले जनाएको छ । नेकपा एमालेका पोलिटब्युरो सदस्य प्युठान जिल्ला इन्चार्ज तथा प्रतिनिधिसभा सदस्य सूर्य थापाले फुड फेस्टिबलको उद्घाटन गरे ।

खाना महोत्सव बैशाख २ गतेसम्म चल्नेछ । महोत्सवमा विभिन्न खानाको परिकार राखिएको छ । उद्घाटन कार्यक्रममा विभिन्न स्थानीय झाँकी, र्याली प्रदर्शन गरिएको थियो ।

प्युठान उद्योग वाणिज्य संघ मल्लरानी बजार क्षेत्रले महोत्सव आयोजना गरेको हो । महोत्सव स्थल हेर्दा निकै आकर्षक र दुलही जस्तै सिँगारिएको छ । मेलाको अवलोकन गर्न स्थानीयको बाक्लो उपस्तिथि रहेको छ ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया