गुडिरहेको पिकअपमा आगलागी, जलेर नष्ट

प्युठान । प्युठानको सदरमुकाम खलंगामा गुडिरहेको पिकअपमा आगो लागेको छ । मल्लरानी गाउँपालिका–४ प्राथमिक स्वास्थ्य केन्द्र तल पिकअप जीपमा आगो लाग्दा जीप पूर्णरुपमा जलेर नष्ट भएको छ ।

अर्घाखाँचीबाट प्युठान आउँदै गरेको प्रदेश ३–०१०२३ च ५७६८ नम्बरको जीपमा आगो लागेको हो । अर्घाखाँची अस्पतालको सामान पुर्याएर फर्किएको थियो ।

गाडीमा प्युठान हस्पिटलको समेत सामान रहेको बताइएको छ । घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया